रेखा थापा र कोमल ओलीको शानदार जित

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय निर्वाचनमा नेपालकी चर्चित नायिका रेखा थापा र लोकदोहरी गायिका तथा प्रभावशाली समाचारबाचिका कोमल ओली भारी मतले विजयी बनेका छन्।

Komal Oli with Rekha thapa

बुधबार बिहान सकिएको मत गणनामा रेखा खुला महिलातर्फ दोश्रो र कोमल खुला तर्फ तेश्रो भएकी हुन्। खुला महिलाबाट रेखाले १६ सय बढी मत ल्याउँदै केन्द्रिय सदस्यमा आफुलाई सुरक्षित गर्दा खुलाबाट कोमलले १८ सय मत ल्याइन्। महिलातर्फ कुन्ती शाह र पुरुषतर्फ बुद्धिमान तामाङले आफ्नो विधामा बढी मत ल्याए। उनीहरु दुवै मन्त्री भैसकेका केन्द्रिय सदस्य हुन्।

आफ्नो क्षेत्रका अब्बल दुई सेलिव्रेटी रेखा र कोमलको राप्रपाको निर्वाचनको उम्मेरद्वारीलाई चासोका साथ हेरिएको थियो। कोमलको दाँजोमा रेखाले आफ्नो चुनावी प्रचार प्रसारलाई तिव्रता दिएकी थिइनन्। जबकी कोमलले आफ्ना मतदातालाई निर्वाचनमा ‘कोमल पानी’ नै ल्याएर प्यास मेटाइदिएकी थिइन् सञ्चारकर्मी प्रकाश सुवेदी भने पराजित बनेका छन्।

प्रकाशन मिति–२०७३ साल फागुन ११ गते बुधवार ।