नेपालभाषाका चर्चित कलाकार रामशेखर नकर्मीको निधन

ramshekharकाठमाडौ। नेपालभाषका साहित्यकार, निर्देशक तथा चर्चित कलाकार रामशेखर नकर्मीको दुःखद निधन भएको छ। सोमवार विहान ६ बजे कलाकार नकर्मीको निधन भएको हो।

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको उपचारको क्रममा नै कलाकार नकर्मीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ७२ बर्षिया कलाकार नकर्मीले नेपालभाषाको पहिलो टेलिफिल्म १२ बजेको निर्माण तथा निर्देशन गर्नुको अलावा अन्तरराष्ट्रिय फिल्म फेस्टिबलमा समेत निक्कै चर्चा कमाउन सफल नेपालभाषाको चलचित्र पखाःको निर्माता तथा निर्देशक समेत हुन्।

महको बहुचर्चित टेलिसिरियल लक्ष्मीमा समेत सशक्त अभिनय गरेका कलाकार नकर्मी प्रतिभावान अविस्मरणीय अब्बल दर्जाका कलाकार हुन्। कलाकार नकर्मीले दर्जनौ–दर्जन राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मान एवम् पुरस्कार पाइसकेका छन्।

प्रकाशन मिति–२०७३ साल फागुन १६ गते सोमवार ।