कार्कीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नति हुनुभएका नेपाली सेनाका सूचना अधिकारी एवम् प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीलाई आज जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।
सैनिक सेवा नियमावली, २०६९ मा व्यवस्था भएअनुसार नेपाली सेनाका साधारणतर्फका सहायक रथी ताराबहादुर कार्कीको कार्यदक्षता एवम् उहाँले संस्थाप्रति पु¥याउनुभएको विशेष योगदानका आधारमा सिफारिस भएअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम उहाँलाई मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिह्न प्रदान गरिएको हो ।
सोही समारोहमा महासेनानी पाइलट कुमार रायमाझीलाई प्रधान सेनापति क्षत्रीले सहायक रथी पाइलट दर्जाको दज्र्यानी चिह्नसमेत प्रदान गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्ति जनाइएको छ ।