सानिमा बैंकको शाखा टिमुरेमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले रसुवाको टिमुरेमा ४५ औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । सक्षम परियोजनाले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सेवा दुर्गम क्षेत्रमा बिस्तार गर्ने उद्देश्यमा सहयोग पु¥याइरहेको छ । उक्त शाखा कार्यालयको उदघाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठू गरे ।
समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुबाट निरन्तर सहयोग तथा संरक्षणको अपेक्षा व्यक्त गर्दै यस टिमुरे शाखाबाट नेपाल–चीन आयात–निर्यातमा थप सहजिकरणका साथै ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने विचार व्यक्त गर्दैे टिमुरेमा सानिमा बैंक संचालनमा आएकोमा टिमुरे बासीहरुलाई बधार्ई ज्ञापन गरे । साथै आगामी दिनहरुमा पनि यस सानिमा बैंकले सबल अनि विश्वसनीय बंैकको रुपमा मेची देखी महाकाली सम्म आफ्नो ब्यवसाय बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे र
सानिमा बंैकको उक्त शाखा समेत गरी मेची देखि महाकाली सम्म ४५ वटा शाखा संजाल तथा ५० वटा ए.टि.एम. रहेका छन ।