महाअभियोग लागेर पदच्युत राष्ट्रपति पार्क घरतर्फ

maitrinews

सोल । महाभियोग लगाउने संसद्को निर्णयलाई अदालतले सदर गरेको दुई दिनपछि पदच्युत गरिएकी दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुन हेले राष्ट्रपति निवास छोडेकी छन्।
अदालतको आदेशबारे अझसम्म प्रतिक्रिया नदिएकी पार्क सोलस्थित आफ्नो घरतर्फ लागेकी छन्।
एकजना नजिककी साथी चोय सून सिल जोडिएकी एउंटा भ्रष्टाचारकाण्डमा मुछिएपछि पार्कमाथि महाभियोग लगाइएको थियो।
पार्कका समर्थक र उनको गिरफ्तारीको माग गर्दै आएको विपक्षीहरुले शनिबार सोलमा र्याली निकालेका थिए।
पार्कले आफ्नो बचाउ गर्ने हैसियत अहिले गुमाइसकेकी छन् र राजनीतिक लाभका लागि कम्पनीहरुबाट पैसा लिन चोयलाई अनुमति दिएको आरोपबारे उनीमाथि फौजदारी मुद्दा अब शुरु हुन सक्छ।
कर्मचारीहरुसँग विदा भएर स्थानीय समयअनुसार साँझ ७ बजेपछि पार्क तथाकथित ब्ल्यू हाउसबाट बाहिरिएकी थिइन्।

फागुन ३० गते ।