कलाकारहरुको ह्याप्पी होली

maitrinews

 

काठमाडौँ । राजधानीमा साङ्गीतिक उत्सवसहित फागुपूर्णिमा मनाइएको छ । विशेषगरी नायिका तथा पछिल्लो समय नेतृको परिचय बनाउनुभएकी करिष्मा मानन्धरले हरेक वर्ष गोदावरीस्थित घरमा मनमिल्दा कलाकारलाई बोलाएर होली उत्सव नै आयोजना गर्दै आउनुभएको छ । यसपटकको होलीमा नायक भुवन केसी र जिया केसीको सम्बन्धले पनि विशेष चर्चा पायो । नायक भुवन केसीको नाम कुनै न कुनै युवतीसँग गाँसिएकै पाइन्छ । नायिका सुस्मितासँग सम्बन्ध विच्छेदपछि धेरै युवतीसँग भुवनको नाम जोडियो । यद्यपि पछिल्लो समय चलचित्र एटीएमबाट चर्चामा आउनुभएकी नायिका जिया केसीसँग नाम जोडिँदैआएको छ । जियासँगको सम्बन्धलाई भुवनले ‘असल साथी’ को तहसम्म मात्र कायम रहेको बताउँदै आउनुभएको छ । पछिल्लो मिडियाबाट टाढै रहन चाहने यो जोडी फागुपूर्णिमाको दिनचाहिँ एकसाथ देखाप¥यो । टिभी फिल्मले आयोजना गरेको होली कार्यक्रममा हात समाएरै यो जोडी मञ्चमा पुगेको थियो । त्यस्तै विभिन्न सञ्चारमाध्यमले पनि राजधानीमा होली उत्सव आयोजना गरेका थिए । जहाँ गायक, गायिका, नायक, नायिका लगायत कलाकारको उपस्थिति रहेको थियो ।