केन्द्रले स्थानीय निर्वाचन गराउन खोज्नु एकात्मकतावादी मानसिकता : श्रेष्ठ

maitrinews
 
काठमाण्डौ । सङ्घीय समाजवादी फोरम नेपालको काठमाण्डौ महानगर समितिको प्रथम एकता अधिवेशन काठमाण्डौको नेपाः ब्यान्क्वेटमा सम्पन्न भएको छ । ससफो नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठबाट पानसमा बत्ति बाली उद्घाटन गरेको यस अधिवेशनबाट ३३ सदस्यीय महानगर समिति पनि चयन भएको छ । उद्घाटन सभामा आफ्नो मन्तव्य राख्दै सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सङ्घीय समाजवादी, मधेसी जनअधिकार फोरम र खस समावेशी पार्टीविच एकता हुनुको मुख्य कारण आम रूपमा पहिचान सहितको सङ्घीयताका लागि हो भने विशिष्ट रूपमा नेवाः राज्य प्राप्तिका लागि भएको बताए । सङ्घीय समाजवादी फोरम नेपालप्रतिको आकर्षण दिनानुदिन बढ्दै गइ रहेको बताउँदै उनले पुराना दल र ती दलका नेताहरूको कृयाकलाप नश्लवादी र विभाजनकारी भएकाले देश राजनीतिक सङ्कटमा फसेको बताए । उनले देश सङ्घीयतामा प्रवेश गरेपछि पनि केन्द्रले स्थानीय निर्वाचन गराउन खोज्नु एकात्मकतावादी मानसिकता भएको बताउँदै यसलाई पार्टीले स्वीकार्न नसक्ने बताए ।
त्यसरी नै राजनीतिक समितिका सदस्य धिरेन्द्रबहादुर श्रेष्ठले अहिले मुलुकमा नश्लीय राष्ट्रवाद र समावेशी राष्ट्रवाद बीच अन्तरविरोध चर्किदै गइ रहेको र जनताले अन्ततः नश्लीय राष्ट्रवादलाई तिरस्कार गर्दै सङ्घीय समाजवादी फोरम नेपालले अघि सारेको समावेशी राष्ट्रवादले विजयी गर्ने बताउनु भयो । कार्यक्रममा राजनीतिक समिति सदस्यद्वय सुशीला श्रेष्ठ, डा। महेशमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज सानुराजा शाक्य, केन्द्रीय सदस्यहरू लालबहादुर तामाङ, पवित्र बज्राचार्य, शाक्य सुरेन, मञ्जु अन्सारी, शान्त प्रधान, नेवाः प्रदेश समितिका मुख्य सचिव सन्तोष सिलवाल, केन्द्रीय निर्वाचन समितिका सदस्य हिरण्य साय्मि, केन्द्रीय लेखा परिक्षण समितिका सदस्य तथा नेवाः प्रदेश उपाध्यक्ष पृथ्वीराज राई, केन्द्रीय सल्लाहकार मोहन बहादुर महर्जन, जिल्ला समिति अध्यक्ष मनरत्न शाक्य, उपाध्यक्ष शहरमान राईले शुभकामना मन्तव्य राख्नु भएको थियो । अधिवेशनमा महानगरको निवर्तमान अध्यक्ष सुवर्ण श्रेष्ठले प्रतिवेदन पेश गर्नु भएको थियो भने स्वागत भाषण बागधन राई र कार्यक्रम सञ्चालन निवर्तमान सचिव सुदय शिलाकारले गर्नुभएको थियो । नव निर्वाचित समितिका सदस्यहरूलाई जिल्ला अध्यक्षले शपथ ग्रहण गराउनु भएको थियो । निर्विरोध चयन भएका महानगर समितिका पदाधिकारी तथा सदस्यहरू
१। अध्यक्ष– मंगलरत्न ताम्राकार
२।उपाध्यक्ष– विजय डंगोल
३। सचिव – मिना महर्जन ताम्राकार
४। सहसचिव– धनबहादुर गोले
५। कोषाध्यक्ष– उमा ताम्राकार
सदस्यहरूमा
६। दिनेश महर्जन
७। लालबहादुर बुढाथोकी
८। पुष्परत्न शाक्य
९।दिपक खड्गी
१०। अनन्त तुलाधर
११। राजु महर्जन
१२। अमर श्रेष्ठ
१३। मनिश कुमार श्रेष्ठ
१४। रविन्द्र शाक्य
१५। प्रसिद्ध ताम्रकार
१६। मनोज कर्माचार्य
१७। सञ्जय महर्जन
१८। न्हूच्छे शाक्य
१९। बसन्त नकर्मी
२०। आशाकाजी महर्जन
२१। चन्दन श्रेष्ठ
२२। मदनमान शाक्य
२३। राजेन्द्रमान जोशी
२४। विकास महर्जन
२५। निर्जला तुलाधर
२६। रिता राउत
२७। यावा हाङ राई
२८। अरविन्दलाल जोशी
२९। रामचन्द्र भण्डारी
३०। अमिता राई महर्जन
३१। सुरेन्द्र महर्जन
३२। सुवर्ण बज्राचार्य
३३। उज्वल राई
यस अधिवेशनले पास गरेका प्रस्तावहरू ः
१। सप्तरीमा भएको प्रदर्शनको क्रममा राज्यले अत्यधिक बल प्रयोग गरी शान्तिपूर्ण प्रदर्शन गरीरहेका समुदायमाथि बर्बरतापूर्वक प्रहरी दमन गरी पाँच जना निर्दोष मधेसीको हत्याको घोर भत्र्सना गर्दछ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको गोली लागी मृत्यु भएका व्यक्तिहरूलाई सरकारले अझै पनि शहिद घोषणा नगरेकोले तत्काल शहिद घोषणा गर्न माग गर्दछ । प्रदर्शनको क्रममा घाइते भएकाहरूलाई पनि क्षतिपूर्ति सहित उपचारलाई प्राथमिकताका साथ गराउन माग गर्दछ ।
२। भारतीय एसएसबीको गोलीबाट कञ्चनपुरमा गोविन्द गौतमको मृत्य भएको घटनाप्रति यो अधिवेशन क्षोभ प्रकट गर्दै भारतीय हेपाहा प्रवृत्तिको घोर विरोध गर्दछ । यस्ता घटनाको नेपाल सरकारले सत्यतथ्य जनतामा ल्याउन र भारत समक्ष कुट्नीतिक तवरले औपचारिक रूपमा विरोध गर्न पनि माग गर्दछ । यस्तै घटनामा विगत छ बर्ष अगाडी भारतीय सुरक्षाबलको गोलीबाट अनाहकमा मृत्यु वरण गरेका बासुदेव साहलाई पनि नेपाल सरकारले गोविन्द गौतमलाई जस्तै शहीद घोषणा गरी क्षतिपूर्ति दिन माग गर्दछ ।
३। काठमाण्डौ महानगरपालिकाले हालै आफ्नो लेटरप्याय्दबाट नेपालकै पहिचानको रुपमा रहेको रञ्जनालिपि हटाएकोले महानगरपालिकाको हालै नियुक्त कार्यकारीको यस्ता किसिमको नश्लीय व्यवहारको घोर विरोध गर्दै यहाँको मौलिकता र पहिचान झल्कने रञ्जनालिपिलाई महानगरपालिकाको लेटरप्याय्द लगायत अन्य कार्यमा यथावत कायम गर्न माग गर्दछ ।
४। हालै काठमाण्डौ महानगरपालिकाका विभिन्न वडाहरूलाई समायोजन गरी महानगरको ३५ वडा मध्ये ३२ वडा मात्र कायम गर्ने स्थानीय तह पुनर्संरचनाको कार्यप्रति हाम्रो सहमति रहेको छैन । यसरी काठमाण्डौ महानगरको २२ र २४ वडा समायोजन गरी २२ वडा, वडा नं। २५ र २६ समायोजन गरी २४ वडा र वडा नं। २७ र २८ समायोजन गरी वडा नं। २५ गठन गरिएको प्रति घोर विरोध गर्दै स्थानीय स्तरमा नेवार समुदायलाई राजनीतिक रूपमा विस्थापित गर्ने षडयन्त्रकै निरन्तरताकै रूपमा यो रहेको छ । यस्तो कार्यप्रति यस सभा घोर विरोध गर्दै पुरानै वडाहरू कायम हुनु पर्दछ भन्ने माग गर्दछ ।

चैत ६ गते ।