मर्यादाक्रमको विवाद : कार्यवाहक प्रम नदिए सरकार छाड्ने निधिको धम्की
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले अर्का उपप्रधानमन्त्री कमल थापालाई आफू भन्दा अघिल्लो मर्यादामा राख्ने निर्णय नसच्याए सरकार छोड्ने चेतावनी दिनुभएको छ ।भारत भ्रमणबाट फर्केकै भोलिपल्ट आफूलाई दोस्रो वरियतामा नराखे राजीनामा दिने चेतावनी दिएका निधिले यस विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीसँग कुरा गर्न लगाउनुभएको थियो ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका निधिले प्रधानमन्त्री भन्दा पछिल्लो वरियतामा आफूलाई नराखे सरकार छोड्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभएको हो । उहाँले सप्तरी घटनामा प्रधानमन्त्री दाहालले आफूलाई बदनाम गराएको भन्दै आपत्ती समेत जनाउनुभयो ।
‘सरकारमा सहभागि भएका दल मध्ये कांग्रेस सबैभन्दा ठूलो र संसदको पनि ठूलो दल हो । गठबन्धनमा कांग्रेसबाट सरकारको नेतृत्व गर्नेलाई वरियतामा तल राखिए आपमानित महुसुस हुनेछ भन्ने बुझ्नु पर्छ’ निधिको भन्नुभयो ।
यसअघि मंगलवार साँझ कांग्रेस सभापति देउवाले पनि प्रधानमन्त्री दाहालसमक्ष निधिलाई कार्यवाह प्रधानमन्त्री बनाउन दवाव दिनुभएको थियो । प्रधानमन्त्री दाहाल बोआओ फोरममा भाग लिन बिहीबार चीन जाँदै हुनुहुन्छ ।
चैत ९ गते ।