चायवाले चन्दु र नानीले पनि छाडे कपिल शर्मा शो

 

मुम्बइ । भारतीय चर्चित कमेडियन टिभी रियालीटी शो कमेडी नाइट्‌स विथ कपिलुबाट चायवाले चन्दुु र नानीले छाडेका छन्। यसअघि कमेडियन कपिल शर्मा र सुनील ग्रोवरबीच विवाद भएपछि ग्रोवर शो छाडेका थिए। त्यसलगत्तै चन्दन प्रभाकर र अली अजगरले पनि शोबाट छाड्‍ने निर्णय गरेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन्।
उनीहरुले शो छाडेपछि कपिल शर्माले एक्लैले किकु शारदा र नवजोतसिंहसँग सुटिङ गर्नु परेको थियो। सुनीलले शोमा नफर्किने निर्णय गरेपछि कपिल शर्मालाई कमेडि चलाउन निक्कै मेहनत गर्नु पर्ने बताइएको छ।

अस्ट्रेलियाको मेलवर्नदेखि मुम्बइ सम्‍मको फ्लाइटमा कपिल शर्माले सुनील ग्रोबरसँग बद्‌मासी गर्दै शोबाट निकालि दिने धम्‍की दिएका थिए। यसपछि उसले फेसबुकमा पनि यस्तै स्टाटस लेखिदिए। दर्शको अत्‍याधिक चासोपछि उसले ट्विटरमार्फत सुनीलसँग माफी मागे। तर सुनीलले कपिललाई सम्‍मान गर्न सर्वसाधारणलाई सुझाव दिए।सुनीलले सोनी
सुनीलले कपिलको शोमा रिङकु भावी र डाक्टर मशहुर गुलाटीको भूमिका निभाउदै आएका छन्। उनले अब कपिलसँग काम नगर्ने भन्दै सोनी च्‍यानलसँग कन्ट्रयाक्ट गरिसेको बताएका छन्।उनले सोनीसँग भनेका छन्, ुअब कपिलसँग काम गर्न असमर्थ छु। म छुट्टै कार्यक्रम गर्न तयार छु।ु
कपिलसँग सुनिलको पहिलो पटक विवाद वा खटपट भएको भने होइन। यसअघि पनि सुनील कपिलसँग कलर च्‍यानलमा कमेडी नाइट्स विद कपिलमा गुत्थीको भूमिका निभाएका थिए।

चैत १० गते ।