गुगल ब्वाई कौटिल्य पण्डित काठमाडौँमा

 

काठमाडौं। अदभूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पण्डित नेपाल आएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याएको हो । उनले शनिबार राष्ट्रिय सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् ।
कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ । उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् ।
गुगल ब्वायले नेपाल रहँदा आफ्नो कार्यक्रम प्रस्तुत गर्नका साथै पशुपति, पलाञ्चोक भगवती, खेशेश्वर महादेवको दर्शन गर्ने छन्। उनले काठमाडौं उपत्यकाका बिभिन्न ठाउँका साथै पोखराको पनि भर्मण गर्ने छन्।
कौटिल्यलाई उनको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार दिएको थियो । उनलाई पूर्वमुख्य मन्त्री भुपेन्दरसिंह हूडाले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यतिखेर उनलाई दिइएको प्रमाणपत्रमा भएको गल्ती कौटिल्यले औंल्याएका थिए ।

काशि विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो । उनी ५ बर्षको उमेरमै भारतीय नायक अमिताभ बच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए ।

चैत ११ गते