महाभारतमा आधारित चलचित्र बन्दै,मुख्य भूमिकामा अभिताभ बच्चन
एजेन्सी । बाहुबलीका निर्देशक एस एस राजामौली अब महाभारतको कथा लिएर आउने भएका छन् । भारतीय संचारमाध्यमका अनुसार बाहुबली २ को सुटिङ सकिनु पहिले नै एसएस राजामौली महाभारतमा आधारित चलचित्रमाथि काम गर्न सुरु गरेका छन् ।
एसएस राजामौलीको महाभारतमा अमिताभ बच्चन पनि मुख्य भुमिकामा देखिनेछन् । तर चलचित्रको प्रमुख भुमिकामा को रहने हो त्यस बिषयमा भने अहिले टुङगो लागि सकेको छैन । चलचित्रमा आमिर खान, रजनीकांत पनि रहन सक्ने बताइएको छ । अमिताभ चलचित्रमा भीष्म पितामहको भुमिकामा देखिनेछन् । अमिताभले सन् १०१२ मा आएको एनीमेशन चलचित्र महाभारत मा भीष्म पितामहको भूमिकाको लागि डबिंग गरेका थिए ।
चैत १८ गते ।