मिस लियोको पोखरा अडिसन सम्पन्न

काठमाडौँ । नेपालमा पहिलो पटक मिस लियो नेपाल प्रतियोगिता हुँदै छ । यसको क्षेत्रीय छनोट प्रतियोगिता विभिन्न सहरमा हुने क्रम जारी छ । काठमाडौँ र पोखरामा क्षेत्रीय अडिसन सम्पन्न भइसकेका छन् । मिस लियोको पोखरा अडिसनमा २५ जनाभन्दा बढी सुन्दरीहरुले भाग लिएका थिए । यो प्रतियोगितामा भाग लिन लियो सदस्य हुनुपर्ने प्रावधान राखिएको छ ।
छनोट प्रतियोगिता अन्तर्गत विराटनगर,धरान, चितवन र बुटबलमा कार्यक्रम आयोजना हुने छन् । क्षेत्रीय प्रतियोगितामा छनोट भएका सुन्दरीहरुबीच अन्तिम प्रतियोगिता गरी मिस लियो नेपाल छनोट गरिने जानकारी गराइएको छ । अन्तिम प्रतियोगिता आगामी बैशाखको अन्त्यमा गरिने छ । त्यसअघि छानिएका सुन्दरीहरुलाई तालिम दिइने छ ।
लियो क्लव अफ काठमाडौँ डाउनटाउन र लियो क्लव अफ पोखरा पिस भ्यालीको आयोजनमा यो प्रतियोगिता हुन लागेको हो ।

चैत २२ गते ।