मुसलमानविरुद्ध नरसंहार भएको छैन : सुकी

म्यानमार । म्यानमारकी नेतृ आङ सान सूकीले रोहिन्जिया मुसलमान अल्पसंख्यकको जातीय संहार भइरहेको भन्ने विवरण अस्वीकार गरेकी छन्।
उनीहरुविरुद्ध ज्यादती भएका भन्ने खालका विवरणहरु सार्वजनिक भइरहे पनि सूकीले एक विशेष अन्तर्वार्तामा उक्त विषय अस्वीकार गरेकी हुन्।
नोबेल पुरस्कार विजेता सूकीले रखाइन राज्यमा समस्या रहेको स्वीकार भने गरिन्। उक्त राज्यमा अधिकांश रोहिन्जियाहरु बस्छन्।
सूकीले बरु उल्टै आफ्नो देश रोहिन्जियाहरुलाई खुला हृदयले स्वागत गर्न तयार रहेको बताइन्।
उनले भनिन्, मलाई लाग्दै कि जातीय संहार भइरहेको छ। त्यहाँ जे भइरहेको छ त्यो जनाउन जातीय संहार कडा शब्दावली होू।
बर्मा समेत भनिने म्यानमारमा रोहिन्जियाहरुलाई नागरिकता दिइएको छैन।
चैत २४ गते ।