जयालाईभन्दा अभिताभलाई गरगहना मोह बढी

मुम्बई । भारतको उत्तर प्रदेशको राज्यसभा सदस्य जया बचनले आज ६९ औँ जन्मदिन मनाइन । सन् २००४ मा पहिलोपटक निर्वाचित भएकी उनी सन् २०१२ मा दोस्रो पटक निर्वाचित भएकी थिइन् । राज्यसभादेखि लिएर विधानसभासम्मका नेताहरुले आफ्नो सम्पत्तिको व्यहोरा बुझाउनुपर्ने हुन्छ ।
जया बच्चनले दिएको सम्पत्तिको व्यहोरामा पति अमिताभको सुनप्रतिको लगाव देखिएको छ ।
इलाहबादमा जन्मिएका अमिताभसँग सन् २००६ मा २।६ करोड भारु र जयासँग ३।४४ करोड भारु बराबरको गहना देखिएको थियो । सन् २०१२ मा भने त्यो संख्यामा बृद्धि भएर अमिताभसँग २६ करोड भारु र जयासँग १३ करोड भारु बराबरको गहना रहेको देखिएको थियो ।
६ सालमा अमिताभसँग पत्नीको तुलना दुई गुणा बढी गहना बढेको दस्तावेजले देखाएको छ ।
यसमा एउटा हिराको कलम पनि रहेको छ । जसको मूल्य ९लाख भारु रहेको बताइएको छ । उनको गहनाहरु मध्ये २ करोडको सुन २०।५ करोडको हिरा तथा ३।७ करोडको चाँदी रहेको छ ।
जयासँग भने ३२ लाखको सुन, १२।५ करोडको हिरा तथा ३५ लाखको चाँदी रहेको छ ।
चैत २७ गते ।