जर्मन फुटबल टोलीको बसलाई लक्षित गरी तीनबटा बम विस्फोट,खेल स्थगित

जर्मनी । जर्मनीमा च्याम्यिन्स लीग फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलमा सहभागी हुने बोरोसिया डोर्टमुन्ट फुटबल टोलीका खेलाडी बोकेको बसलाई लक्षित गरी तीनवटा विस्फोट भएका छन्।
एउटा पत्रकार सम्मेलनमा डोर्टमुन्टका प्रहरी प्रमुखले उक्त टोलीलाई निशाना बनाएर हमला भएको बताए।
खेलाडी मार्क बारट्राको हत्केलाको हड्डी भाँचिएपछि शल्यक्रिया गरिएको छ। घटनामा अन्य कुनै पनि खेलाडी घाइते भएका छैनन्।
राज्यका एक जना अभियोजनकर्ताले घटनास्थलनजिकै एउटा पत्र भेटिएको र छानविनकै अंगका रुपमा त्यसको पनि जाँच भइरहेको बताएका छन्।
उक्त घटनापछि फुटबल खेल स्थानीय समयअनुसार साँझ पौने ७ बजे दिउँसो पौने ५ बजे जीएमटी सम्मका लागि स्थगित गरिएको छ।
घटनास्थलबाट प्राप्त तस्वीरहरुमा बसको झ्याल फुटेको र टायर पड्किएको देखिएको छ।
गम्भीर खालका विस्फोटकको प्रयोग गरी आक्रमण भएको प्रारम्भिक संकेतहरु देखिएको प्रहरीले जनाएको छ।
चैत ३० गते ।