रुसमाथि थप नाकाबन्दी लगाउने प्रस्ताव अस्वीकृत

इटली । सिरियालाई सहयोग गर्नबाट रोक्न रुसमाथि थप नाकाबन्दी लगाउनुपर्ने प्रस्ताव सातवटा औद्योगिक राष्ट्रको समूह जी सेभेनका विदेशमन्त्रीहरुले अस्वीकृत गरेका छन्।
सिरियादेखि टाढा बस्न मस्कोलाई मनाउने प्रयासमा अमेरिकी विदेशमन्त्री रुस जानुअघि जी सेभेनका विदेशमन्त्रीले इटलीको लुका शहरमा सिरियाली द्वन्द्वबारे साझा धारणा बनाउने प्रयास गरेका थिए।
राष्ट्रपति बशर अल असाद सत्तामा रहुञ्जेल सिरियाली संकटको समाधान ननिस्किनेमा ती मुलुकहरु सहमत भएका छन्।
तर हालैको रासायनिक हमलापछि रुस र सिरियाका निश्चित सैन्य अधिकारीहरुविरुद्ध प्रतिबन्ध लगाउनुपर्ने ब्रिटेनको प्रस्तावमा सहमति जुट्न सकेन।

चैत ३० गते ।