आइन्स्टाइन भेषधारीमा नयाँ कीर्तिमान

क्यानडा । क्यानडाको टोरन्टो सहरमा एकाएक ४०४ जना अल्बर्ट आइन्स्टाइन देखापरे । आइन्टाइन भेषधारी उनीहरु सुन्दर ढङ्गले विश्व कीर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल भए । उनीहरुले आइन्टाइनको भेषधारी विश्वकै सबैभन्दा ठूलो जमघट विधामा गिनिज बुकमा कीर्तिमान दर्ता गराए । यसअघि आइन्स्टाइनको भेषधारी समूहमो विधामा ९९ जनाको कीर्तिमान थियो । नयाँ कीर्तिमान कायम भएसँगसँगै आइन्स्टाइन नामक अनलाइन प्रतियोगिता सुरु भएको छ । जसमा विश्वलाई अझ उत्कृष्ट ठाउँ बनाउने विचार तयार पार्नेलाई १० हजार डलर पुरस्कार दिइने छ ।