भारतीय हिरो सञ्जय दत्तलाई अदालतबाट राहत, पक्राउ पूर्जी रद्द

मुम्वई । अभिनेता संजय दत्तले अन्धेरी अदालतबाट ठुलो राहत पाएका छन् । अदालतले शकील नूरानी प्रकरणमा उनलाई पक्राउ पुर्जी रद्द गरिदिएको छ । अन्धेरी अदालतमा दत्तका वकीलले अभिनेता अदालतमा सधै आउन नसक्ने भन्दै नआउन माग गरेका थिए । तर अदालतले सो मागलाई खारेज गर्दै हरेक सुनवाईमा दत्त हाजिर हुनु पर्ने आदेश दिएको छ । सोमवार भएको सुनवाईमा ५०० भारतिय रुपैँया पेनल्टी दिएर पक्राउ पुर्जी रद्द भएको हो । सो बिषयमा पुन स् सुनवाई २९ अगस्टमा हुनेछ ।
सजयले भोग्दै गरेको यो प्रकरण १५ बर्ष पुरानो हो । सन् २००२ मा शकील नूरानी ुजान की बाजीु नामक चलचित्र बनाउदै थिए । उनले सो चलचित्रको लागि अभिनेता संजय दत्तलाई पचास लाख भारतिय रुपैया दिएर चलचित्रमा समझौता गरे । चलचित्रको सुटिङ चलिरहेको समय अचानक संजयले चलचित्रमा नखेल्ने बताउदै बिचैमा छोडिदिए । संजय दत्तले चलचित्र छोडेसँगै निर्माता शकील नूरानीलाई करीब पाँच करोड भारतिय रुपैयाको नोक्सानी भएको थियो । सो कुराबाट नूरानी निकै दुःखी थिए ।

त्यसपछि शकील नूरानीले संजय दत्तलाई सम्पर्क गर्दा संजयले उनलाई मार्ने धमकी दिएको आरोप रहेको छ । नूरानीले संजयले आफुलाई अन्डरवर्ल्डका मानिसहरुबाट पनि धम्कि दिएको आरोप लगाएका छन् । संजयको सो हर्कत पछि नूरानीले कानूनको सहारा लिएर संजय बिरुद्ध मार्ने धम्कीको उजुरी दिएका थिए । जसको आधारमा २०१३ मा अन्धेरी मेट्रोपोलिटियन कोर्टले संजय दत्त बिरुद्ध वारेन्ट जारी गरेको छ ।
वैशाख ५ गते ।