साढे ५६ करोड भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोशीका प्रमुखसहित पाँच जना निलम्बित

इटहरी । यातायात ब्यवस्था सवारी कार्यालय कोशीका कार्यालय प्रमुखसहित ५ जना कर्मचारीले ५६ करोड ५८ लाख रुपियाँ भ्रष्टाचार गरेका छन् । भ्रष्टाचारका आरोपमा उनीहरुलाई आज निलम्बन गरिएको छ । ५६ करोड ५८ लाख रुपैयाँ सरकारी राजश्व हिनामिना गरेको भेटिएपछि उनीहरु निलम्बनमा परेका हुन् ।

कार्यालयका प्रमुख उपसचिव नयराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाददाहाल तथा नायबसुब्बा टिका बास्तोलालाई भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयले निलम्बन गरेको हो । यिमध्ये घोटाला प्रकारणमा नासु सुरेश अधिकारीलाई प्रमुख योजनाकार मानिएको छ ।
उनकै योजनामा विगत ३ वर्षदेखि विभागका राजश्व नै घोटाला भइरहेको र त्यसमा अन्यले पनि संलग्ना देखिएको ठहर मन्त्रालयले गरेको छ ।

बैशाख ६ गते ।