घरमै बन्धक बनाएर सासु,ससुरा र लोग्नेव्दारा महिलामाथि निर्घात कुटपिट

सिरहा । सिरहाको गोलबजार नगरपालिका– ६ की एक महिलालाई आफ्नै घरमा बन्धक बनाएर पतिसहित सासु ससुराले निर्घात कुटपिट गरेका छन् । सख्त घाइते भएपछि स्थानीयले उपचारका लागि अस्पताल भर्ना गराएका छन् ।
सिरहाको गोलबजार नगरपालिका ६ डोहोटियाकी २२ वर्षीया प्रियङ्का यादवको पति, सासु र ससुरा मिलेर तीन दिनसम्म घरभित्रै बन्धक बनाएर निर्घात कुटपिटसँगै यातना दिएको थाहा पाएका छिमेकीहरुले उनलाई तत्काल उद्धार गरी मंगलबार अस्पताल भर्ना गरेका थिए ।
गोलबजारस्थित भूमिजा अस्पतालमा भर्ना गरिएकी उनको अझै राम्ररी होस खुलेको छैन । कुटपिट र यातनाले उनको अनुहार, छाती सुन्निएको छ । बिजुलीको तारले कुटेको निलडाम शरीरभरी जताततै छ ।
भूमिजा अस्पतालका चिकित्सक हरि ठाकुरका अनुसार प्रियङ्काको टाउको, दायाँ कुम्भ, पिठ्यु र तल्लो पेटक गम्भिर चोट लागेको छ । तल्लो पेटमा चोट लागेको कारण अझैपनि उनको यौनाङ्गबाट रगत बगिरहेको जनाएको छ ।
प्रियङ्का पति ओमप्रकाश भनिने दुर्गाप्रसाद यादव, ससुरा हरिनारायण यादव र सासु अमृती यादवले तीन दिनसम्म घरभित्रै थुनी मुखमा कपडा कोचेर कुटपिट र यातना दिएको छिमेकीहरु बताउँछन् ।
सालमा सामाजिक परम्परा अनुसार ४ वर्ष अघि विवाह गरिएकी उनलाई पटक पटक दहेज भनेअनुसार नल्याएको भन्दै पति, सासु, ससुराले कुटपिट गरिरहेको छिमेकीहरुले बताए । विवाहको दुईवर्ष पछि अष्ट्रेलिया पढ्न जान तीन लाख मागेपछि ससुराली पक्षले दिन अस्वीकार गरेपछि नै उनीहरुबीच विवाद बढेको माइती पक्षको भनाई छ ।
प्रियङ्का बुबा भारत बिहार इनरुवा खजौलीका रामजुलुम यादवले विवाहमा चारलाख नगद, आठ तोला सुन र एउटा मोटरसाइकल दिएर विवाह गराएको बताए । उनले भने, ‘कान्छी छोरी भएकालेले उनलाई मैले सकेको राम्रै गरेको थिएँ । विवाह पछिपनि रकम माग्ने र छोरीलाई दुःख दिने गरेको थियो तर पनि पछिल्लो पटक पढ्न बाहिर जान्छु भन्दै छोरीमार्फत् फेरि तीन लाख रुपैयाँ माग्न थाले । ‘त्यत्रो रकम दिन नसकेपनि ‘ज्वाइँ नै हुन्ु भनेर फेरि ४० हजार रुपैयाँ लिएका ज्वाइँ त कमाउन दुवई उडेछन् उनले भने ‘त्यसपछि छोरीलाई खान समेत नदिएर लगातार कुटपिट गर्न थालेपछि आफैंसँग लिएर गएँ ।

वैशाख १५ गते ।