अमेरिकी चेतावनीलाई बेवास्ता,उत्तर कोरियाव्दारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण
उत्तर कोरिया । उत्तर कोरियाले आज ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हो।
दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरुका अनुसार उक्त क्षेप्यास्त्र उडेको केही बेरमा नै विष्फोट भाएको थियो।
यसअघि यसै महिनाको शुरुमा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण विफल भएको थियो।
पछिल्लो परीक्षण प्योङयाङबाट उत्तरमा पर्ने प्योङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शनिबार बिहान गरिएको दक्षिण कोरियाले जनाएको छ।
बैशाख १६ गते ।