निर्वाचन अधिकृत गिरी झुण्डिएको अवस्थामा फेला
रसुवा ।निर्वाचन अधिकृत सन्तोष गिरी झुन्डिएको अवस्थामा फेला परेका छन् ।उनी रसुवा जिल्लाको कालिका गाउँपालिकामा खटिएका थिए ।
आज बिहान खादाको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत गिरीलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले बताएको छ ।
प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका अधिकृत गिरी कालिका गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
आज बिहान सवा ४ बजे जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको कालिका गेस्ट हाउसको रेलिङबारमा घत्र्याक्घुत्रुक् आवाज आएपछि उनीसँगै भित्र कोठामा बस्ने साथीले थाहा पाई स्थानीयवासीको सहयोगमा पासो फुकालेका थिए ।
उनलार्इ तत्कालै नुवाकोट अस्पतालमा पठाइए पनि होस नखुलेका कारण थप उपचारका लागि काठमाडौँ पठाइएको डीएसपी प्रसाईंले बताउनुभयो । प्रसाईंका अनुसार नाडीको चाप चले पनि उनको होस खुलेको छैन ।
वैशाख १९ गते ।