रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल नजिक

काठमाडौं । रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल नजिक पुगेको छ । गएराति भएको च्याम्पियन्स लिगको मड्रिड डर्बीमा रियलले एथ्लेटिकोलाईक्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसँगै ३—० ले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १० औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफको अन्त्यतिर भयो ।

खेलको ७३ औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले ८६ औं मिनेटमा ह्याट्रिक पुरा गरे र रियल मड्रिडलाई शानदार जित दिलाए । यससँगै रोनाल्डोले च्याम्पियन्स लिगमा लिओनल मेस्सीले बनाएको च्याम्पियन्स लिगमा सात हृयाट्रिकाको रेकर्डसँग बराबरी गरेका छन् ।