संविधान संशोधन विधेयकमा सहमति जुटेन, सहमतिका लागि समय बढाइने

maitrinews

 

काठमाडौँ । सरकारले दर्ता गराएको परिमार्जनसहितको संविधान संशोधन विधेयकमाथि आज संसदमा छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
तर प्रमुख दलहरुबीच सहमति भइनसकेकाले उक्त कार्यसूची अनुसार छलफल प्रारम्भ हुन्छ वा हुँदैन भन्ने अन्योल भने कायमै छ।
सभामुख ओनसरी घर्तीले संशोधन विधेयकमाथि दलहरुले थप समय मागे दिन सकिने बताउनुभएको छ ।
त्यसउपर एकल र संयुक्त गरी पार्टी र सांसदले राखेको ५० वटा संशोधन प्रस्तावलाई एकीकृत गरी बिहीबार पेश गरिने र प्रमुख प्रतिपक्षले साथ दिए छोटो प्रक्रियाबाट अगाडि बढाउने तयारी रहेको एकजना मन्त्रीले बताएका छन्।
विधेयकमाथि छलफल गर्न बैशाख १७ गतेका लागि बोलाइएको उक्त बैठक दलहरुबीच सहमति खोज्न भन्दै आज लागि सारिएको थियो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको विधेयक पारित गर्न नदिने पूर्ववत् अडानका माझ सत्ताधारी दलहरु भने आज पनि विधेयकमा सहमति खोज्ने प्रयास जारी राख्ने जनाएको छ।
वैशाख २१ गते ।