माओवादीसँग तालमेल गर्ने निर्णयको विरोधमा चितवनमा देउवाविरुद्ध नारावाजी र पुतला दहन
चितवन । कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएसँगै चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित बनेका छन् । सहमतिअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई मेयर छाड्ने सहमति कांग्रेसको केन्द्रीय पार्टी कार्यालयबाट गरिएसँगै कार्यकर्ता नाराबाजी गर्दै जिल्ला पार्टी कार्यालयमा जम्मा भएका छन् । उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरिरहेका छन् र देउवाको पुतला जलाएका छन् । चुनावी प्रचार प्रसारमा हिँडेका कार्यकर्ता समेत केन्द्रीय पार्टी कार्यालयले गलत निर्णय गरेको भन्दै सभापति देउवाविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।
माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी प्रधानन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा छाड्ने निर्णय गरिएको हो । कांग्रेसबाट पार्टीका महासमिति सदस्य रहेका दिनेश कोइराला मेयरको उम्मेद्वार बनेर चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।
वैशाख २१ गते ।