काँग्रेसका मेयर उम्मेदवारले मतदातालाई १० लाख बाँडेको खुलासा(हेर्नुहोस् भिडियोसहित)
नुवाकोट । नुवाकोटमा काँग्रेसका मेयर उम्मेदवारले मतदातालाई पैसा बाँडी मतदाता किन्ने प्रयास गरेका छन् । दलित मतदातालाई रकम वितरण गरेको आरोपमा नुवाकोटमा कांग्रेस मेयरका उम्मेदवारका भाइलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । विदुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीलाई मतदातालार्इ रकम बाँडेको आरोपमा रकमसहित स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव समेत रहेका मेयर उम्मेदवारका भाइ अधिकारले विदुर नगरपालिका वडा नं। ९ दशमुरेचौतारोमा मध्यराति लाखौं रुपैयाँ बाँडेको स्थानीय अधिकारीको साथमा रहेको झोलावाट एकहजार रुपैयाँका नोटको एक पेटी रकम वरामद गरेको छ । स्थानीयवासीले मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारीका साथमा हिडेका त्रिभुवन त्रिशूली माविका शिक्षक नवराज आचार्य र उत्तरगया अंग्र्रेजी विद्यालयका प्रिन्सिपल सुनील श्रेष्ठ समेत नियन्त्रणमा लिएका छन् ।
कांग्रेस सचिव अधिकारीले आफ्नो साथवाट वरामद रकम र त्यसको वास्तविकता बताउनु चाहनु भएन । उहांले बिहीबार मध्यराति १२ वजेदेखि निर्वाचनमा मौन समय लागु हुदै गरेको वेला स्थानीयवासीले आफुलाई राती साढे ११ वजे नियन्त्रणमा लिएको वताउनुभयो । अरु वेला सांझ सात वजे नै कार्यालयवाट घर फर्कने अधिकारीलाई विहीवार मध्यराती शंकास्पद अवस्थामा स्थानीयवासीले मतदातामाझ देखेपछि नियन्त्रणमा लिएका हुन् ।
पहिले विकास निर्माणका लागि वास्ता नगर्नेहरु निर्वाचन आफ्नो पक्षमा पार्न मध्यराति मिजार वस्तीमा कांग्रेसका मेयर उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीले रकम वांढेको कारण स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लयाएको स्थानीयवासी राजेन्द्र भण्डारीले वताउनुभयो । उहांले कांग्रेसले सो स्थानमा पहिलेदेखि नै मातदाता किन्ने कार्य गरिरहेको वताउनुभयो ।
अधिकारीसतिह नियन्त्रणमा राखिएका तीन जनालाई रकम बरामद गरी प्रहरी निरीक्षक जीतेन्द्रकुमार वस्नेतको रोहवरमा राति सांढे १ बजे छाडिएको घटनाका प्रत्यक्षदर्शी तथा नेकपा एमाले विदुरका मेयर पदका उम्मेदवार सन्जु पण्डितले वताउनुभयो । उहांले कारवाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोट, निर्वाचन आयोग तथा विभिन्न सरोकारवाला निकायमा उजुरी दिनुभएको छ । बाड्ने राख्नका लागि राति सांढे ११ वजे कांग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको टोलीले विदुर नगरपालिका ९ दशमुरेचौतारोमामा रहेको एक पसलबाट खामसमेत किनेको नेकपा एमाले कार्यकर्ताले दावी गरेका छन् ।
सो पसलका मालिक चिरन्जिवी गिरीले राति सांढे ११ वजे अधिकारीसहित तीन जनाले शुक्रबार वालकको पास्नी छ, खाम दिनुस भन्दै ३० थान खाम आफ्नो पसलमा खरिद गरेको पुष्टि गर्नुभयो । निर्वाचनको सन्दर्भमा मतदातालाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गरेको पाइएमा आचारसंहिता उल्लंघन गरेको ठहर हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरका सहायक निर्वाचन अधिकृत महिमानसिह विष्टले जानकारी दिनुभयो ।
मतदातालाई प्रभाव पार्न दलित वस्तीमा रकम बाँडेर फर्कदै गरेको सूचनाका आधारमा स्थानीय महिलासहितको टोलीले अधिकारीसहित तीन जनालाई नियन्त्रणमा लिन सफल भएको थियो । रकम वांढ्ने कांग्रेसका मेयर उम्मेदवार धु्रव अधिकारीलगायतलाई कारवाही हुनुपर्ने एमाले जिल्ला सचिव वुद्धिवहादुर प्रधानले माग गर्नुभयो ।
https://www.youtube.com/watch?v=oLt4VEHfUJg
वैशाख २९ गते ।