चुनाव विथोल्न विभिन्न ठाउँमा बम विस्फोट र आगजनी

maitrinews

 

पोखरा । लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट गराइएको छ ।

केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो ।

निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ । बम विस्फोट गराइएको विद्यालयमा वडा नं ६ को मतदान केन्द्र राखिएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न उच्छुङ्खल तत्वको खोजतलास गरिरहेको जनाएको छ । पोखरा, ३० वैशाख । पोखरा–लेखनाथ महानगरपालिकाको सभागृह चोकमा आज बिहान राखिएको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारिएको छ ।
झोलाभित्र शङ्कास्पद वस्तु राखेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो वस्तुलाई निष्किय पारेपछि हेर्दा प्रेसर कुकुर र बिजुलीको तार भेट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ ।

रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नं को बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

उक्त समूहले चालक र सहचालकलाई खुकुरी देखाई बाहिर निकालेर आगो लगाएको र त्यसको तीव्र खोजी भइरहेको जनाइएको छ ।

एक हप्ताअघि मात्रै अज्ञात समूहले निर्वाचन प्रयोजनका लागि ल्याइएको घिरिङ गाउँपालिकाको स्कार्पियो जिपमा आगजनी गरेको थियो । सो घटनामा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै शुक्रबार राति नै तीन चारजनाको अज्ञात समूहले बन्दीपुर गाउँपालिका– १ स्थित बेलभन्ज्याङमा ना ३ ख ९११६ नं को ट्रकमा आगजनी गरेको छ । चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्केको घटनास्थल पुग्नुभएका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।

शनिबार बिहान ५।१५ बजेतिर उक्त समूहले पेट्रोल छर्केर ट्रकमा आगजनी गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । बन्दमा गाडी चलाएको भन्दै चालक र सहचालकलाई भाटाले समेत हानिएको थियो । चिनी बोकेर डुम्रेबाट पोखरा जाँदै गरेको उक्त ट्रकमा आगजनी भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

व्यास नगरपालिकाबाट लगिएको दमकल, प्रहरी र स्थानीय बासिन्दाले करिब चार घन्टा लागाएर आगो निभाएको प्रनानि पाण्डेले बताउनुभयो ।

वन कार्यालय नजिकै शङ्कास्पद वस्तु
भोर्लेटार चोक र जिल्ला वन कार्यालय नजिकै आज बिहान शङ्कास्पद वस्तु भेटिएको छ । कपडाको डल्लो बनाएर इँट्टा राखिएको अवस्थामा उक्त वस्तु भेटिएपछि व्यास– ५ रामवाण गुल्मबाट गएको बम निष्क्रिय टोलीले उक्त वस्तु हटाएको प्रहरीले जनाएको छ ।धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा आज बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय ९डिस्पोज०पारेको छ ।

धनगढीको व्यस्त बजार ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले निर्वाचनको विरोध गरिरहेको विप्लव मओवादीका कार्यकर्ताले आतङ्क फैलाउने उद्देश्यले यी दुई ठाउँमा बमजस्तो देखिने शङ्कास्पद वस्तु राखेको हुनसक्ने बताउनुभयो ।

बम भेटिएको सडकमा प्रहरीले सतर्कता अपनाउँदै बम निस्क्रिय पारिएपछि अहिले यातायात आवागमन सुचारु भएको छ ।

बैशाख ३० गते ।