एक साताभित्र पद त्याग्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साताभित्र आफूले पद त्याग्ने घोषणा गर्नु भएको छ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले एक साताभित्र आफूले व्यवस्थापिका संसदमा सम्बोधन गरेर पद त्याग गर्ने घोषणा गर्नु भएको हो ।

कांग्रेस र माओवादी केन्द्रबीच गत साउनमा भएको भद्र सहमति अनुसार अब काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी हुनुहुन्थ्यो।