म यस्तो गीत गाउँछु प्रदर्शनीको तयारीमा
काठमाडौं । दुई वर्षअघि सुदर्शन थापा निर्देशित फिल्म प्रेमगीत माघ २९ गते रिलिज भएको थियो। उनको पछिल्लो फिल्म म यस्तो गीत गाउँछु असार ३० गतेबाट रिलिज हुँदैछ। अघिल्लो फिल्मको मितिभन्दा एक दिनअगाडि फिल्म रिलिज गर्न लागेका उनले संख्याझैं फिल्म पनि ुप्रेमगीतु भन्दा एक कदममाथिको बनाएको बताए। हालै फिल्म ुम यस्तो गीत गाउँछुु को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने, ुमैले एक कदमअगाडि बढेर फिल्म बनाएको हुनाले अघिल्लो फिल्मभन्दा यसपटक बढी दर्शकले रुचाउनुहुनेछ।ु
ट्रेलरको एक दृश्यमा केटीको भेषमा देखिएका नायक पलले फिल्म क्षेत्रमा आफू नयाँ नै भएकाले सबैलाई साथ दिन आग्रह गरे। फिल्ममा आफू केटी बनेर सुटिङ गर्दा गाउँका मान्छे भेला भएर हेर्न आएको खुलाए। फिल्म ुनाइ नभन्नु ल ४ु बाट फिल्मी अभिनयमा डेब्यु गरेका पलले ुम यस्तो गीत गाउँछुु मा अभिनय गर्दा फिल्म ुप्रेमगीतु का नायक प्रदीप खड्कालाई रिप्लेस गरेको चर्चा फिल्मवृत्तमा चलेको थियो। उनले अन्य पात्रको कुराभन्दा पनि आफ्नो चरित्रमा ध्यान दिएको बताए। ुकसले कसलाई रिप्लेस गर्यो भन्दा पनि मैले फिल्ममा कस्तो काम गरेको छु भन्नेमा ध्यान दिएको छु,ु उनले भने, ुमैले कसैलाई रिप्लेस गरेको छैन, फिल्मको कथाले मागेअनुसार मैले यसमा काम गरेको हुँ। मैंले आफ्नो प्रतिस्पर्धी आफैंलाई मानेको छु।ु
नायिका पूजाले पनि फिल्ममा आफूले गरेको मिहिनेतलाई दर्शकले मन पराउने दाबी गरिन्। उनले फिल्ममा आफू दुई चरित्रमा देखिने बताउँदै दुवै चरित्रमा आफूले सक्दो न्याय गरेको जनाइन्।
कार्यक्रममा गायक सुगम पोखरेल, प्रमोद खरेल र संगीतकार अर्जुन पोखरेलले फिल्मका गीत गाएर सुनाएका थिए। रोचक के थियो भने यो फिल्ममा गायकको भूमिकामा देखिएका सुगम र प्रमोदले सुदर्शन निर्देशित फिल्मबाटै संगीतकारको रूपमा डेब्यु गरेका थिए। सुगमले ुमेरो एउटा साथी छु मा संगीत दिएका थिए भने प्रमोदले ुमेरो लभ स्टोरीु मा संगीत दिएका थिए। फिल्ममा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नवीन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङलगायतका कलाकारको अभिनय छ। सुदर्शन र पूजाले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा संजय लामाको छायांकन, प्रितम पाण्डेको सम्पादन, दिनेश न्यौपानेको पटकथा र संवाद तथा कविराज गहतराजको कोरियोग्राफी छ।