लन्डनको टावर ब्लकमा भीषण आगलागी, भवन नै ढल्ने खतरा
लन्डन । लन्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको र मानिसहरु आफ्ना घरभित्र थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।
ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो। झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
महानगरीय प्रहरीले विभिन्न प्रकारका चोटपटकूको उपचार भइरहेको बताएको छ।
पूरै भवन जलिरहेको छ र भवन लड्न सक्ने देखिन्छ।
अर्का प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलेको छ । भवनको भित्री भागसम्म आगो फैलिएको छ।. पूरै भवन नै हल्लिरहेको छ ।