फ्रान्समा आमनिर्वाचन, राष्ट्रपतिको दललाई स्पष्ट बहुमत
पेरिस । फ्रान्समा राष्ट्रपतिमा एमानएल म्याक्रोन राष्ट्रपतिमा निर्वाचित भएको केही हप्तापछि नै उनको दलले संसदीय चुनावमा स्पष्ट बहुमत हात पारेको छ।
मध्यपन्थी ला रिप्युब्लिक आँ मार्श तीन सयभन्दा बढी सीट जित्ने गरी अघि बढिरहेको छ।
चुनावमा मतदाता सहभागिता अहिलेसम्मकै कीर्तिमानी न्यून अर्थात् ४० प्रतिशत रहेको थियो।
जसप्रति संकेत गर्दै एकजना सरकारी प्रवक्ताले माक्रोँलाई ुमतदाताहरुले खाली चेकु दिन नचाहेको प्रतिक्रिया दिएका छन्।
उथलपुथल
माक्रोँसँग अब आफ्ना सुधारका योजना लागू गर्न आवश्यक समर्थन संसद्मा हुनेछ तर केही युनियन नेताहरुले त्यसविरुद्ध लड्न आफूहरु तयार रहेको बताएका छन्।
फ्रान्सका परम्परागत दक्षिणपन्थी तथा वामपन्थी दलहरुले नराम्रो पराजय ब्यहोरेका छन् तर चरम दक्षिणपन्थी नेतृ मारिन ल पेनले पहिलो पटक जित हासिल गरेकी छन्।