अफगानिस्तानमा कारबम विस्फोट ३४ जनाको मृत्यु , ६० जना घाइते

 

 

 

हेल्मण्ड । अफगानिस्तानको हेल्मण्ड प्रान्तको लश्कर गाहमा भएको एउटा कारबम विस्फोटनमा ३४ जनाको ज्यान जानुकासाथै ६० जना अरु घाइते भएका छन्।
हेलमण्ड प्रान्तको राजधानी समेत रहेको सो शहरको एउटा ब्यांक अगाडी सो विस्फोट भएको थियो।
विस्फोटका बेला मानिसहरु आफ्नो तलब झिक्न सो बैंक अगाडी लामबद्ध रहेका थिए।
हेल्मण्ड प्रान्तमा आक्रामक अवस्थामा रहेको तालेवानले सो हमला आफूले गराएको दावी गरेको छ।