अपहृत ५ वर्षीय बालक चौधरीको ५ दिनपछि उद्धार

काठमाडौं । काठमाडौंकै एक स्कुलबाट अपहरणमा परेका ५ वर्षिय विशाल चौधरीलाई प्रहरीले उद्धार गरेको छ । अहपरणमा परेको ५ दिनपछि उनको भक्तपुरको काँडाघारीबाट उद्धार गरिएको काठमाडौं प्रहरी प्रमुख छवीलाल जोशीले जानकारी दिए । उनका अनुसार अपरहरणमा संलग्न रहेको आशंकामा केही व्यक्ति पक्राउ पनि परेका छन् ।
काँडाघारीमा अपहरणकारीले छाडेर हिँडेको हुन सक्ने उनले बताए । क्षेत्रपाटीको सरस्वती बोर्डिङ स्कुलमा अध्ययनरत बालक चौधरीलाई छुट्टी हुने बेलामा अर्कै व्यक्तिले लगिसकेको थियो ।