अमेरिकाको टेक्ससमा इतिहासकै ठूलो आँधी,धेरै सहर डुबानमा

टेक्सास । अमेरिकाको टेक्सस राज्यमा इतिहासकै सबैभन्दा ठूलो आँधीपछि ह्युस्टन र नजिकैका क्षेत्रले ठूलो प्राकृतिक विपद्को सामना गरिरहेका छन्।
ह्युस्टन् महानगर क्षेत्रमा बाढीको खतरा कायमै छ र शहरमा यात्रा गर्न असम्भव भएको छ।
त्यहाँ ३० इन्च भन्दा बढी पानी परिसकेको छ र भारी वर्षा अझै जारी रहने भविष्यवाणी गरिएको छ।
हार्भी नामक आँधीले भारी वर्षा गराएपछि ह्युस्टन र वरपरका क्षेत्रमा व्यापक डुबान भएको छ।
करिब दुई हजार पीडितको उद्धार भइसकेको अधिकारीहरुको भनाइ छ।
कतिपय स्थानमा मानिसको मृत्यु भएको र गाडीहरु पानीमा डुबेका विवरणहरु सार्वजनिक भएका छन्।
तर ह्यारिस् काउन्टीका एक अधिकारी ड्यारील कोलम्यानले ती घटनाबारे अनुसन्धान भइरहेको बताए।
राष्ट्रिय मौसम सेवा, न्याशनल वेदर सर्भीस्का अनुसार परिस्थिति अकल्पनीय छ।
ह्युस्टन् महानगर क्षेत्रमा बाढीको खतरा कायमै छ र शहरमा यात्रा गर्न असम्भव भएको छ।
गभर्नर ग्रेग् अबोट्का अनुसार टेक्सस्का २५० सडकहरु बन्द गरिएका छन्।
उनले भने, अविरल पानी परिरहेका छ, पानी अझै पर्ने सम्भावना छ। बाढीले ह्युस्ट्न्, भिक्टोरिया र कोर्पस क्रिस्टी क्षेत्र प्रभावित छन्।
डुबान पीडितलाई आश्रय दिन कैयौं आपतकालीन अस्थायी बसोबास केन्द्रहरु खोलिएका छन्।
गभर्नर ग्रेग अबोटका अनुसार टेक्ससका २५० सडकहरु बन्द गरिएका छन्।