मिलानकोली गीतको श्रव्यदृश्य र गीति एल्बम सार्वजनिक 

maitrinews

काठमाडौँ । वातावरणसम्बन्धी जनचेतनामूलक मिलानकोली गीतको श्रव्यदृश्य र गीति एल्बमको सार्वजनिकीकरण राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा  आर्मी अफिर्सस क्लब काठमाडौमा सम्पन्न भएको छ । मिलानकोली गीतको श्रव्यदृष्य राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष विरेन्द्र यादवले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो । ९७ बर्षिय राष्ट्रकवि माधवप्रसाद घिमिरेदेखि ५बर्षका निस्पल अधिकारीलगायत ४ पुस्ताका कलाकारहरुको सहभागिता रहेको उत्त गीतको लोकार्पण सीम नेपाल र राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकास समितिको संयुक्त आयोजनामा गरिएको हो । भोलीका दिनहरुमा अभियन्ता निपेश ढाकाको नेपालका विभिन्न स्थानमा उत्त गित र वातावरण सम्बन्धि वृतचित्रको प्रर्दशन सँगै प्राकृतिक सोतको संरक्षण र वातावरण सम्बन्धि चेतना मुलक अभियान गर्ने योजना रहेको छ ।
यसअघि ,राष्ट्रकवि माधवप्रसाद घिमिरेसंगै ३६५ जना ख्याती प्राप्त नेपाली गायक÷गायिका एवं संगितकर्मी कलाकारहरुको स्वरमा ३३ मिनेट ४९ सेकेण्डको वातावरण सम्बन्धी गित २०७३ साल जेष्ठ ६ गते विहिबारको दिन रेडियो नेपालको स्टुडियो सिंहदरवारमा रेकर्ड गरिएको थियो । विश्वकै पहिलो कार्यक्रमको समुद्घाटन तत्कालिन प्रधानमन्त्री के. पी. शर्मा ओलीबाट मिति २०७३ जेष्ठ ०६ गते सुसम्पन्न भई सोही दिन रेडियो नेपालको सिंहदरबार स्थित स्टुडियो भवनमा रेकर्डिङ्ग गरी विश्वकै उत्कृष्ट प्रकाशक गिनिज वल्र्ड रेकर्डमा दर्ता प्रक्रियाको अन्तिम चरणमा रहेको र उक्त गिति एल्बमको श्रव्यदृष्य लोकार्पण पश्चात आधिकारिक रुपमा दर्ता समावेश गरिने भएको छ । जर्मनीवाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरी नेपालमा फर्किनु भएका युवा वातावरणविद् निपेश ढाकाको शव्द, संगीत तथा परिकल्पनामा नेपालका करिव ६३ जिल्लाका भौगोलिक, सामाजिक, जनसमुदाय तथा पर्यावरणीय अध्ययन र अनुसन्धानको आधारमा सिर्जना भएको हो ।

गित संगीतको माध्यमबाट वातावरणीय गतिविधिहरुको संरक्षण गर्न आम मानिसलाई चेतना फैल्याउने ,जैविक विविधता भएका जलाधार क्षेत्र तथा पारिस्थितिकिय प्रणालीको महत्व साथै हिमाली र चुरे भावर क्षेत्रको संरक्षणको लागि चेतना फैल्याउने ,नेपाली कला र सस्कृतिलाई संरक्षण गरी मानव तथा वातावरणीय अधिकार र समानता समाजमा स्थापित गर्ने , विश्वकै उत्कृष्ट प्रकाशक गिनिज वल्र्ड रेकर्डमा दर्ता गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । २०३८ साल असोज २० गते कास्की जिल्लाको माछापच्छे गाउँपालीका ६, अस्ताम वावु शशि अधिकारी र आमा विष्णुमाया अधिकारीको कोख वाट जन्मनु भएका निपेश ढाका २०५५ सालवाट संगीतमा औपचारिक रुपमा लाग्नुभएको हो ।२०६३ सालमा त्रिभुवन विश्व विद्यालयवाट गणित विषयमा स्नाकोत्तर गर्नुभएको ढाकाले ३ बर्ष काठमाडौका विभिन्न स्कुल कलेजहरुमा अध्यापन गराउनु भएको थियो ।२०६३ सालमा आफनै संगीत र स्वरमा एल हस्पिटल गिति एल्वम लोकार्पण गर्नुभएको थियो ।२०६६ सालमा जर्मनिको टेक्नीकल युनिभर्सिटि अफ म्युनिखमा माटो, जल विज्ञान र जमिनको व्यवस्थापन विषयमा दासो स्नाकोत्तरको लागी अध्ययनमा जानुभएको थियो ।स्नाकोत्तर पश्चात २०७० मा प्राकृतिक सोतहरुको संरक्षण र देशको लागी केहि चेतना मुलक काम गर्ने उदेश्यले सधैको लागी केहि चेतनामुलक काम गर्नको लागी लागी फर्किनु भएको हो । हिमालय कल्स, रोदन, मिलानकोली जस्ता चेतना मुलक वृतचित्र निर्माण गर्नुभएको छ ।  उहाँ पोलिथिनको प्रयोग लाई निरुसाहित पार्नुपर्छ भन्ने अभियानमा लाग्नुभएको छ ।