मलेसियाको धार्मिक विद्यालयमा भीषण आगलागी, शिक्षक र विद्यार्थी गरी २४ जनाको मृत्यु, थुप्रै घाइते

 

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा भएको आगलागीमा कम्तीमा २४ विद्यार्थी तथा शिक्षकको मृत्यु भएको छ। सो घटनामा थुप्रै घाइते भएका छन् ।
तहफिज दारुल कुरान इत्तिफाकियाको भवनमा विहानै सवेरै आगो दन्किएको थियो।
अग्नि नियन्त्रण विभागका निर्देशक खिरुदीन द्रहमानले एएफपी समाचार संस्थालाई भने, २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार मृत्यु भएका विद्यार्थीहरु १३ देखि १७ वर्ष उमेरका पुरुष हुन्।
इस्लामिक तहफिज विद्यालयहरु आवासीय हुन्छन् जहाँ विद्यार्थीहरुले कुरानको अध्ययन गर्दछन्।
भिडिओ र तस्वीरहरुमा विद्यालको माथिल्लो तला पूरै जलेको देखिएको छ। आगलागी भएलगत्तै दमकलहरु पुगेका थिए।
केही विद्यार्थीहरुलाई घाइते अवस्थामा अस्पताल पुर्‍याइएको छ। प्रधानमन्त्री नजीब रजकले घटनाप्रति दुस्ख व्यक्त गर्दै घटनाको तुरुन्तै छानबिन हुने बताएका छन्।