कलंकी नागढुंगाको सडक निर्माण छिटो गर्न दवाबमूलक कार्यक्रम

काठमाडौँ । चन्द्रागिरि नगर पालिका १५ वडाको बल्खु पुलदेखि कलंकीसम्म “कलंकी नागढुंगाको सडक निर्माण छिटो गर” भनी आवाज उठाएर एक बृहत ¥याली कार्यक्रम कलंकीमा कोण सभा सम्पन्न भएको छ । राष्ट्रिय स्वबलम्बन समाज थानकोट र च. न. पा. १५ तीन थानाका नागरिक समाजको आयोजनामा सोही क्षेत्रका अन्य विभिन्न संघ–संस्थाहरु, नागरिकहरु र थानकोट मिनि बस सेवा संघको सहयोगमा सो विरोध ¥याली सुरुवात गरि सफलताका साथ सम्पन्न गरिएको हो । कलंकी नगढुंगा सडक निर्माण कार्य विगत ३ वर्ष देखि सुरु गरि निर्माण कार्य ढिलाइ गरेर सडकलाई अस्तब्यस्त बनाएर छाडेकोले, धुलो धुँवाले जनस्वास्थ्यमा क्षति पु¥याइरहेको र साथै तीन लाख देखि चार लाख मानिस ओहोरदोहोर देशकै मूल सडक (काठमाडौंको मूल प्रवेश द्वार) जनजीवन अस्तब्यस्त भइरहेकोले यसको विरोध प्रदर्शनमा विभिन्न नाराहरु लगाइएको थियो ।
धुलो धुवाँ अति भो सरकार आफ्नै मस्तिमा जनस्वास्थ्यमा क्षति भो ।। जनता धुवाँ धुलोको सास्तीमा ।।
खवरदार सरकार ! धुलोको असर !मौलिक हकको अधिकार दम, टि. बी. क्यान्सर ।जनस्वास्थ्य माथि अति भो खेलवाड राट्रिय स्वाबलम्बन समाजले सो कार्य सम्पन्न नभएसम्म जनता नभएसम्म जनताको मौलिक हक अधिकार रक्षाको लागि यस्तै किसिमका विरोध र दबाबका कार्यक्रमहरु गर्ने बताएको छ ।