मुगावेले राजीनामा दिएपछि खुसियाली

हारारे । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामापछि सडकमा जम्मा भएर मानिसहरुले खुसियाली मनाइरहेका छन्।
मुगाबेलाई हटाउन संसद्मा महाभियोग प्रकिया शुरु भए लगत्तै उनले अप्रत्यासित राजीनामा दिएका थिए जसबारे सभामुखले संसद्मा पत्र पढेर सुनाएका थिए।
सांसदहरुले ठूलो आवाज निकालेर उक्त घोषणालाई अनुमोदन गरेका थिए र तत्कालै स्वतः स्फूर्त रुपमा मानिसहरु खुसियाली मनाउन सडकमा निस्किएका थिए।
मुगाबेले आफ्ना उपराष्ट्रपति एमरसन मनाङ्गाग्वालाई पदबाट हटाएपछि अघिल्लो हप्ता सेनाले जिम्बाब्वेको सत्तामा हस्तक्षेप गरेको थियो।
सत्तारुढ जानु पिएफ दलका अधिकारीहरुले मनाङगाग्वाले बुधबार वा बिहीबार राष्ट्रपतिको रुपमा शपथग्रहण गर्ने जनाएका छन्।