कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ६९ दशमलव ७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ः०० बजे बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० परीक्षार्थीहरू सहभागी भएका थिए। जसमा नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका छन्। सरकारले ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको भए पनि परीक्षा बोर्डले निर्धारित समयभन्दा अगावै नतिजा सार्वजनिक गरेको हो।

बोर्डले परीक्षार्थीहरूका लागि नतिजा हेर्न विभिन्न डिजिटल माध्यमहरूको व्यवस्था गरेको छ:
१. राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: [result.neb.gov.np](http://result.neb.gov.np) वा [neb.gov.np](http://neb.gov.np)
२. नेपाल टेलिकमको वेबसाइट: [neb.ntc.net.np](https://neb.ntc.net.np)
एसएमएस सेवा (SMS): नेपाल टेलिकमको १६०० नम्बरमाNEB <स्पेस> सिम्बोल नम्बर** टाइप गरी एसएमएस पठाएर नतिजा प्राप्त गर्न सकिनेछ।

आईभीआर सेवा (IVR): नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिनेछ।

यूएसएसडी सेवा (USSD): मोबाइलमा *१६०१# डायल गरी प्राप्त निर्देशन अनुसार स्क्रिनमा नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *