वाम तालमेलले जनतामा ठूलो उत्साह छ, हामी दुईतिहाई ल्याउँछौँ —कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ क्षेत्र नं. ९, एमाले उम्मेदवार
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएको छ तयारी कस्तो छ ?
काठमाडौं क्षेत्र,तराईका क्षेत्र र मध्य पहाड क्षेत्रको चुनाव मंसिर २१ गते तय भएको छ । मंसिर २१ को निर्बाचनको सन्दर्भमा कात्तिक १६ गते बिधिवत रुपमा उम्मेदवारी दर्ता गरिसकेपछि पार्टीको तर्फबाट क्षेत्रीय स्तरको निर्बाचन प्रचार प्रसार कमिटी गठन गरिसकिएको छ ।
२ वटा प्रदेशमा पनि प्रदेश निर्बाचन कमिटी गठन गरिसकेका छौ । साथै निर्बाचनका लागि चुनाबी तालमेलका दौरानमा यसपाली बामगठबन्धनलाई एउटा ऐतिहासिक स्थितिको निर्माण गरेका छौ । त्यसले गर्दा एकातिर माओबादी केन्द्र पनि यो यो निर्बाचनमा बाम गठबन्धनमा रहेको हुनाले उहाँहरुले पनि आफ्नो आन्तरिक तयारी गरिरहेको अवस्था छ । हाम्रो पार्टीको तर्फबाट निर्बाचन परिचालन कमिटी जसरी क्षेत्रीय स्तर र प्रदेश स्तरको गठन गरी सकेपछि हामीले वडा स्तरमा पनि परिचालन कमिटी तयार गरिसकेका छौ । र, निर्बाचन परिचालनका लागि सबै संयन्त्र तयार गरिसकेको स्थिति र अर्कातिर हाम्रो सहयोगी गठबन्धन पार्टी माओबादी केन्द्रले पनि आफ्नो तयारी गरिरहेको स्थिति छ ।
उहाँहरुको पनि आफ्नो तयारी देखिरहेको छु र सँगसँगै दुबै पार्टीको संयुक्त प्रचार प्रसार निर्बाचन परिचालन कमिटी गठन गर्ने आवश्यकता छ । त्यसको पनि माओबादी र एमालेको संयुक्त बैठक गरेर क्षेत्रीय स्तरको दुबै पार्टीको संयुक्त निर्बाचन परिचालन कमिटी गठन गर्दैछौ ।
यसरी एमाले र माओबादी दुई प्रमुख बाम गठबन्धनको निर्वाचन परिचालन कमिटी गठन भैसकेपछि त्यसको योजना अनुसार हामीले क्षेत्रीय स्तरको र प्रदेश स्तरको कार्यक्रम तय गरेर पहिलो चरणको कार्यक्रम भनेको आन्तरिक तयारीको कार्यक्रम हो । यतिबेला आन्तरिक तयारीको कार्यक्रम सबै सकिसकेका छौ । बाह्य प्रचारको सन्दर्भमा प्रचार प्रसार सामग्रीसहित जानका लागि दोस्रो चरणको कार्यक्रमको तयारीमा जुटिसकेका छौ
तपाई एमालेको जिम्मेवार नेता पनि हुनुहुन्छ । पुर्ब मन्त्री पनि हुनुहुन्छ । अहिले जुन खालको बाम तालमेल भैरहेको छ ,बाम तालमेल सँगसँगै देशब्यापी रुपमा बाम गठबन्धन भारी मतसहित बिजयी हुन्छ भन्ने आँकलन पनि गरिएको छ , तपाई आफुले कस्तो खालको अपेक्षा गर्नुभएको छ ?
नेपाली जनताले लामो समय देखि अपेक्षा गरेको बिषय हो । नेपालमा कम्युनिष्ट पार्टी बिभाजन भएर होईन ,एकताबद्ध ढंगले सबै बाम एक ठाम भएर अगाडी बढोस् भन्ने नेपाली जनताको चाहना हो । नेपाली जनताको चाहना अनुसार ढिलै भए पनि संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रदेश र प्रतिनिधि सभाको निर्बाचन लाई मध्यनजर गरेर नेकपा एमाले र माओबादी केन्द्र दुई पार्टीले जनभावना अनुकुल बाम तालमेल गर्न एउटा ऐतिहासिक काम गर्याे जसलाई हामीले राष्ट्रिय राजनितिमा नेपालको , राजनितिमा चमत्कारीपुर्ण काम पनि हो । जसलाई गर्न धेरै गाह्रो थियो । जसलाई हामी एमाले र माओबादी दुबै नेताहरुको अत्यन्तै बिबेकशिल , बिबेकीपुर्ण क्रियाकलापले गर्दा हामी अन्य षडयन्त्रलाई चिर्दै बाम तालमेलद्वारा टुंग्यायौ । यो नेपालको इतिहासमा एउटा कोशेढुंगा हो ।
हामी सबैलाई थाहा छ बिगतको हरेक निर्बाचनको परिणाम हेर्ने हो भने बामपन्थीहको भोट ६५ प्रतिशत भन्दा बढी तैपनि हामी चाहि अल्पमतमा तैपनि हामीले पराजय भोगिरहनुपरेको छ । जनमत हेर्यो भने बामपन्थीको बढी तर त्यो बिभाजित भएको हुनाले हामीले आफ्नो स्थितिलाई पहिलो बनाउन सक्ने अवस्था थिएन । अब सबै बामपन्थीहरु एक पोलमा जाँदाखेरी अहिले दक्षिणपन्थीहरु नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको नाममा दक्षिणपन्थी तालमेल भैरहेको बेला एमाले र माओबादीको पहलमा मुलुकका सबै बामपन्थीहरुलाई एक ठाउँ ल्याउने हुन्छ । यो निर्बाचनलाई जसरी तालमेल भएको छ यसले मुलुकको सम्पुर्ण बाम शक्तिहरु एक ठाउँमा आउने र जनतामा एउटा ठुलो उत्साह छ । अहिले मेची महाकालीको निर्बाचनको सन्दर्भमा हेर्दाखेरी देश सम्पुर्ण रुपमा बामपन्थीमय भएको र जनता अत्यन्तै उत्साहित स्थितिमा रहेको निर्वाचनको प्रतिक्षामा रहेका छन । र मलाई बिश्वास छ यो बाम तालमेल नेपाली जनताको चाहाना र माग र राष्ट्रिय आवश्यक्ताको आधारमा अहिले बाम तालमेल भएको छ ।
यसले अब हुने नेपालको ईतिहासमा पहिलो पटक हुन लागेको संघीय लोकतान्त्रिक नेपालमा अब हुने निर्बाचनको परिणामको बारेमा हहिले आँकलन गर्न सकिन्छ हामी साधारण बहुमत मात्र होईन दुईतिहाई बहुमत सहित बिजय हुने कुरा अहिलेको तालमेल त्यो परिणामतिर लान्छ भन्नेमा म बिश्वस्त छु ।
तपाईहरुले साझा घोषणापत्र पनि सार्बजनिक गनुभएको छ । यसरी साझा घोषणापत्र तयार गरिरहेको अवस्थामा अन्ततः सबै बाम एक ठाम अघि तपाईले भन्नु भयो । तर बाहिर अहिले पनि चर्चा नेकपा माओबादी र एमालेको चुनाबी तालमेल मात्र हो । बाम तालमेल सम्भव छैन भन्ने खालका आलोचनाहरु आउने गरेका छन् के त्यस्तै हो ?
आलोचनालाई म असत्य भन्दिन शंका गर्न सबैले पाउँछन् तर नेपालको बिगतको ईतिहासमा पनि एउटै पार्टी भित्र पनि आन्तरिक अन्तरबिरोधका समस्या उत्पन्न भैरहेको स्थितीबाट जनताहरुलाई यसमा बिस्वस्त हुन आग्रह गर्दछु । तर अहिले एमाले र माओबादीको केन्द्रको एकता भनेको चुनाबी बिषयलाई लिएर मात्र होईन यो तालमेलले बामपन्थीहरुका सबै बामपन्थी मतलाई एक ठाउँमा राख्ने जुन पनि निर्बाचनमा हामी देखेका छौ ६५ प्रतिशत भन्दा माथि बाम मतदाताहरु छन् त्यो बिभाजित बाम भोटलाई एउटै बाकसमा थाप्दै छौ । यो निर्बाचनको तालमेल अहिलेलाई निर्बाचन सम्बन्धी तालमेल गरिएता पनि यसको दिर्घकालीन सोच भनेको नेकपा माओबादी र नेकपा एमाले अन्तत्वगत्वा एकता हुने सोचका साथ हामीले यो तालमेल गरेका हौ ।
नेपालको इतिहासमा कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा हुँदा कम्युनिष्ट पार्टीको पछाडी कुनै टे«डमार्क थिएन । नेकपा मात्रै थियो । नेकपाको तेस्रो महाधिबेसन पछि कम्युनिष्ट पार्टी बिभाजन हुन थाल्यो र बिभिन्न ढगंले कम्युनिष्ट पार्टी बिभाजित भैसके पछि आ आफ्नो पार्टीको पहिचानको लागि पछाडी टेडमार्क रहन थाले पुच्छर झुण्डिन थाल्यो । अब यो लामो समय पछि मिलाउने जिम्मेवारी सबै बाम नेतृत्वको हो । ढिलै भएपनि २०७४ सालको आश्विन महिनाको अन्त्यतिर आएर त्यसरी नेकपा माओबादी र एमाले अहिलेलाई चुनाबी तालमेल र भोली पार्टी एकिकरण समेत गरेर जाने सोचका साथ चुनाबी तालमेलमा अगाडी बढिरहेका छौ । भबिश्यको कम्युनिष्ट पार्टीको एकताको लागि यो चुनाब परिणाम पछि गठन हुने सरकार र त्यो सरकारले ५ बर्षको स्थायित्व प्राप्त गर्नेछ ।
त्यसपछि एमाले र माओबादी मिलिसकेपछि कुनै पार्टीको पुच्छर र टेडमार्क राखिराख्नुपर्ने अवस्था हँुदैन । फेरी नेपालको ईतिहासमा कम्युनिष्ट पार्टीमा एकल नाम एकल पार्टी एक बाम एक ठाम भैसके पछि नेकपा मात्र रहने छ । जसरी हामीले चिनमा सि सि पी भन्छौ कम्युनिष्ट पार्टी चिन भने जस्तै नेपालमा पनि एन सि पी नेपाल कम्युनिष्ट पार्टी मात्र रहने छ । यो नेपाली जनताले लामो समय देखि चाहेको कुरा यही थियो ।अब यसपालीको ऐतिहासिक निर्बाचन र निर्बाचनको परिणाम पछि हामीले कम्युनिष्ट पार्टीलाई एकीकृत ढंगले , एकताबद्ध ढंगले अगाडि बढ्ने र पार्टी एमाले र माओबादी केन्द्रको बिचमा एकता गर्ने सोचका साथ अगाडी बढ्यौ । तपाईहरु समक्ष हिजो मात्र हामीले एमाले र माओबादी आगामी निर्बाचनलाई लिएर साझा घोष्णापत्र आफैमा ऐतिहासिक दस्ताबेजको रुपमा रहन्छ भन्ने लाग्छ । यो निर्बाचनका लागि मात्र आएको साझा घोषणापत्र र्होन यसले यो मुलुकमा भोली बामपन्थीहरुले मुलुक कसरी चलाउँछौ भन्ने एउटा दस्ताबेज पनि हो । अहिले यतिबेला हिजो घोषणा गरेको घोषणापत्रको आधारमा पनि भोलीको निर्बाचनमा बामपन्थीहरुको एउटा दुई तिहाई बहुमत सहितको बिजय प्राप्त पछि प्रदेशमा पनि बामपन्थी सरकार र केन्द्रमा पनि बामपन्थी सरकार बन्छ । यो उमेर सम्म् हुदा पन्चायत भोगे , बहुदल भोगे अहिले गणतन्त्र आई सकेपछि पनि एउटा सरकारले ५ बर्ष सरकार चलाएको अनुभव गर्नै पाएको छैन । जबसम्म मुलुकमा सरकार अस्थिर रहन्छ अस्थिरता भित्र बिकासको सम्भावना पनि रहँदैन । शान्ती र दिगो बिकासको सम्भावना पनि रहदैन । त्यसकारण अहिले मुलुकले शान्ती खोजेको छ । दिगो बिकासका लागि स्थिरता चाहिन्छ स्थिरताको लागि स्थिर सरकारको खाँचो छ । स्थाई सरकार पनि कमजोर स्थायी सरकार होईन हिजो पनि बहुदलीय ब्यवस्था भित्र बहुमत प्राप्त नेपाली काँग्रेसको सरकार पनि हेर्यो बहुमत प्राप्त गरेको काँग्रेसले ५ बर्ष सरकार चलाउन सकेन त्यसपछि अरु कुनै पार्टीले बहुमत ल्याउन सकेको स्थिती छैन । त्यसैले गर्दा अबको निर्बाचन पछि नेकपा एमाले र माओबादीको बाम तालमेलबाट चुनाब हँुदैछ यो चुनाबले बहुमत प्राप्त मात्र होइन बहुमत प्राप्त गर्नका लागि सरकारमा पुग्नका लागि यो तालमेल होईन यो तालमेल भबिश्यमा बामपन्थीहरु एकीकृत कम्युनिष्ट आन्दोलनलाई एकता बद्ध गर्ने सोचका साथ तालमेल हो । साधारण बहुमतको सरमकार बनाउन होइन दुई तिहाई बहुमतको बामपन्थीको सरकार बनाउने उद्देश्यले तालमेल गर्येा यो दुई तिहाई बहुमत सहितको बाम सरकार गठन भैसकेपछि यसले मुलुकमा स्थिरता र स्थायित्व प्राप्त गर्दछ । स्थायी सरकार गठन हुन्छ । यसपछि मात्र हामीले अहिले प्राप्त गरेको संबिधानमा टेकेर मुलुकलाई स्थिर सरकार प्राप्त गर्न सक्छौ । सही अर्थमा नया नेपालको प्रारम्भ यो बिन्दुबाट शुरु हुन्छ भन्ने हाम्रो बिश्वास छ ।
दुईतिहाई बहुमत सहित बामपन्थी सरकार बन्यो भने नेपाल उत्तर कोरिया हुन्छ जस्ता हौवाहरु काँग्रेसले फिजाई रहेका छ नि ?
काँग्रेसको त जातै त्यस्तै हो , कम्युनिष्ट पार्टीप्रति हिजोको दिनमा २०४६ , ४७ को आन्दोलन सँगसँगै अगाडि बढिरहेको अवस्थामा कम्युनिष्टहरुको सरकार आएपछि बुढाबुढीलाई मार्छ कम्युनिष्टहरुको सरकार आए पछि घण्टी बजाएपछि खाने दिन आउछ , धर्म मान्न दिदैन मठ मन्दिरहरु सबै भत्काउँछ भन्न्ो खालको प्रचार गरिरहेको अफवाहलाई २०४६ , ४७ को आन्दोलन पछि २०४८ को निर्बाचन र त्यसपछिको उपनिर्बाचनमा बहुमत ल्याउन नसके पनि मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार एकल कम्युनिष्ट पार्टीका नेतृत्वमा सरकार गठन गर्यो त्यो सरकार अल्पमतको थियो । बहुमत प्रतिपक्ष राखेर अल्पमतको एकल कम्युनिष्ट पार्टीको सरकार गठन गर्दा काँग्रेसले लगाईरहेको सबै आरोपलाई हामीले भाषणबाट खण्डन गरेनै । हामीले आफ्नो ब्यवहारबाट खण्डन गर्यो र बुढाबुढीलाई मार्छ भन्ने काँगे्रसलाई जवाफ कसरी दियौ भन्दा खेरी बृद्धहरुलाई सामाजिक सुरक्षा अन्तर्गत बृद्ध भत्ता एकल महिलाहरुलाई सम्मान गरेर एकल महिला भत्ता, सुत्केरी भत्ता दिन थाल्यौ । आपनो गाउँ आफै बनाउँ देश निर्माणमा अरुमो मुख ताक्ने हाईन हामी नेपालीले नै आप्ने देश बनाउनु पर्छ त्यो स्तितीमा हामीले आफ्नो गाउ आफै बनाउ भन्न्े कार्यक्रम ल्याएर ९ महिना मनमोहन अधिकारीको नेतृत्वको सरकारमा जसरी हामीले यो मुलुकलाई निती र कार्यक्रम ल्याएर आयौ त्यो कार्यक्रम बाटै संसार चकित भएको छ । देश भित्रको दक्षिणपन्थी पार्टी काँग्रेसले मज्जाको जवाफ पाएको छ । नेपाली जनताले देखे ,भोगे र अनुभव गरे । कम्युनिष्ट पार्टीको सरकारले त राम्रो गर्दो रहेछ बृद्धहरुलाई मार्ने होईन सम्मन गर्दो रहेछ मठ मन्दिर देवालय भत्त्काउने होइन रहेछ । धार्मिक आस्थको आधारमा धर्म सबैले समानरुपमा मनाउन पाईने रहेछ र मुलुकको एकीकृत बिकासको लागि सबै नेपाली जनतालाई एकताबद्ध ढगले अगाढी लिएर जादो रहेछ भन्ने जनताले बुझे त्यो ९ महिने शाशनले एमालेको नितीको प्रभावबाट आज पनि नेपाली जनताले कम्युनिष्ट पार्टीको सरकारलाई बुझेको छ । आजको एक्काईसौ शताब्दीमा परम्पराबादी कम्युनिष्टको स्थितीबाट एकदलीय तानाशाही प्रबृति सम्भव छैन । जसको सैद्धान्तिक रुपमै नेकपा एमाले जनताको बहुदलीय जनवादको निती अगाडी सार्येा जुन नितीको आधारमा बहुलबादी प्रतिस्पर्धा कानुनको सर्बोच्चता बहुमतको सरकार अल्पमतको प्रतिपक्ष यो जुन खालको बहुदलीय जनवादको १४ वटम निती र सोचको आधारमा हामी आयौ । र संसारले देख्यो र नेकपा एमाले प्रति जुन खालको हाउगुजी र नेपालको कम्युनिष्टको आन्दोलन प्रति जुन खालको हाउगुजी थियो ब्यवहारबाट संसारलाई आफ्नो पहिचान दियौ । संसारले अहिले बिश्वास गरेको पार्टी एमाले रह्यो ।
अहिले फरी नेकपा एमाले र माओबादीको एकताबाट तिलमिलाएर काँग्रेसले फेरी सत्तरुढ पार्टीले त्यस्तो शब्द प्रयोग गर्न हुन्थ्यो की हुदैनथ्यो । त्यो उहाँहरुले सोच्ने कुरा हो । अहिले हामीलाई अधिनायकबादको आरोप लगाई रहेको छ यो अन्तर्बार्ता मार्फत भन्न चाहन्छु तपाई सबैलाई थाहा छ यो मुलुकमा जिबित प्रधानमन्त्री ४ जना हुनुहुन्छ । नेपाली काँग्रेसको शेरबहादुर अहिले पनि सरकारको नेतृत्व गरिरहनुभएको छ । जसको आयु मंसिर २१ गते सम्म छ । मंसिरको अन्त्य र पुषको पहिलो हप्ता उहाहरुलाई बिदाई गरिने छ । त्यसपछि बाम तालमेलको गठबन्धनको दुई तिहाईको सरकार बन्छ । बिगतको शासनको अनुभवमा हेर्नै हो भने मनमोहन नेतृत्वले गरेको सरकारको क्रियाकलाप र गतिबिधि पछिको स्थितीमा हामीसँग ४ जना पुर्ब प्रधानमन्त्रीहरु हुनुहुन्छ । ४ जना पूर्ब प्रधानमन्त्रीहरु मध्ये अहिले भर्खरै केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमाले र माओबादीको संयुक्त सरकार चलायौ । माधब नेपाल र झलनाथ खनालको नेतृत्वमा सरकार चलाको पनि संसारले देखेको छ । हाम्रो घोषणापत्रले प्रष्ट भनेको छ लोबतन्त्रलाई आधार माने बहुमतको सरकार अल्पमतको प्रति पक्ष भनेकै छौ । त्यहा भित्र पनि बहुलबादी प्रतिस्पर्धालाई पनि हामीले स्वीकारेकै छौ । त्यसैले हामीलाई लगाइएको आरोप मित्था हो ।
यस्ता खालका सबै कुराको उत्तर दिएर हिँड्ने समय पनि छैन । हामी जे गर्छौ त्यो भन्छौ ,जे भन्छौ त्यही गर्छौ । अहिले हाम्रो घोषणापत्र पढ्ने हो भने कही कतै अधिनायकबादतर्फ जाने संकेत पनि छैन । मुलुकलाई लोकतान्त्रिक ढंगले नै जनताले दिएको अभिमतलाई नै बिश्वास गरेर अगाडी बढ्छौ । नेपाली जनताले कम्युनिष्ट भोट नदिएर हराउँछन् भने हामी प्रतिपक्ष भएर बस्न तयार छौ । नेपाली जनताले शासन चलाउने जिम्मा दिए हामीले यो मुलुकलाई सशासन दिन्छौ कोही आत्तिहाल्नु पर्ने छैन ।
काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार बन्नुभएको छ । तपाई ३ जना उम्मेदवारले जित्ने आधार के छ ?
कठमाडौं क्षेत्र नं ९ भनेको कम्युनिष्टहरुको बर्चस्व भएको क्षेत्र हो । पुष्पलाल हँुदा कम्युनिष्ट पार्टीको संस्थापक महासचिब हुनुहुन्थ्यो । उहाँको आश्रय स्थल पनि त्यही हो । उहाँ लामो समय भुमिगत बसेको ठाउँ पनि त्यहि नै हो । त्यही ठाउँ हो जहाँ जननेता मदन भण्डारी २०४८ सालको निर्बाचनमा चुनाब लडिरहँदा क्षेत्र नं १ हाम्रो कमजोर ठाउँ थियो । क्षेत्र नं ५ कम्युनिष्ट पार्टीको पकड भएको ठाउँ थियो । १ र ५ मा भण्डारी चुनाब लड्नु भयो र दुबै क्षेत्रबाट चुनाब जित्नु भयो । २ ठाउँबाट चुनाब जिते पछि १ ठाउँ छोड्नु पर्ने हँुदा उहाँले क्षेत्र नं ५ मलाई छोड्नु भएको थियो । उपनिर्बाचनमा म क्षेत्र नं ५ को जनताले नजिकबाट चिनेको नेता थिएन तर त्यो कम्युनिष्टहरुको ठाउँ हुनाले हिजो मदन भण्डारीलाई पनि अपार मतले नै बिजय गरेको ठाउँ त्यही ठाउँ त्यही ठाउँ अहिले ९ नै भैरहेको छ । त्यसकारण हाम्रो जित्ने आधार भनेको बामपन्थीहरुको पकड र बाम बिचारधाराबाट सम्मानित क्षेत्र भएको हुनाले हामीले जित्ने प्रमुख आधार हो । बैचारिक रुपमा बिचारको आधारमा बामपन्थीहरुको किल्ला भएको हुनाले त्यहाँ जित्नुपर्ने हो तर यसभन्दा अगाडी पटक पटक हार्यौ किन हार्यो भन्न्ो पनि प्रष्ट छ । पहिलो पटक एमाले जस्तो लोकप्रिय पार्टी बिभाजन भयो । एमाले भित्रैबाट माले र एमाले भएर चुनाब लड्नु पर्दा मत संख्या हाम्रो २२ हजार छ तर १९ हजार ल्याएको काँग्रेसले जितेको छ ।
त्यसपछि संबिधान सभाको निर्बाचनमा पनि हामी एमाले एकातिर अर्कोतिर माओबादी लगायत अन्य बाम घटकहरु नमिलेर लड्दा म र माइला लामा पहिलो सबिधान सभा निर्बाचनमा पराजय भयौ ।