क्रिकेट खेलाडी पर्याप्त सुविधा दिनुपर्ने

maitrinews

काठमाडौं । आइसीसी विश्वकप छनोटमार्फत अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता हासिल गर्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमासाँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले स्वागत गरे । यस्तै खेलाडीको स्वागतमा उल्लेख्य खेलप्रेमीहरु पनि विमानस्थल पुगेका थिए । समर्थकहरुले खेलाडीको पक्षमा नाराबाजी गर्दै क्रिकेट संघको विवाद तत्काल समाधान गरिनुपर्ने, सुविधासम्पन्न क्रिकेट मैदान निर्माण गरिनुपर्ने, खेलाडीलाई पर्याप्त सेवासुविधा दिनुपर्ने लगायतका माग गरेका थिए ।

यसैबीच विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय मान्यताको उपलब्धि ऐतिहासिक भएको बताए ।

उनले अब विश्वकप खेल्ने र टेष्ट मान्यता दिलाउने गरी योजना बनाउनुपर्नेमा जोड दिए ।
खड्काले क्रिकेटले हासिल गरेको उपलब्धिबाट देशवासीलाई खुसी तुल्याउन पाउँदा गर्व महशुस भएको समेत प्रतिक्रिया दिए