स्मिथ र वार्नरमाथि एक वर्षे प्रतिबन्ध

maitrinews

काठमाडौं । बल टेम्पिरिङ विवादमा परेका स्टिभ स्मिथ र डेभिड वार्नरमाथि एक वर्षे प्रतिबन्ध लागेको छ । साथै क्यामरुन बेनक्राफ्टमाथि ९ महिना प्रतिवन्ध लगाइएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ । दक्षिण अफ्रिका केपटाउनमा भएको तेस्रो टेष्टका क्रममा अष्ट्रेलियाका बेनक्राफ्टले बल टेम्पिरिङ गरेका थिए । यसबारे आफूसहित लिडरसिप टिमलाई पूर्व जानकारी रहेको स्मिथले स्वीकार गरेका थिए । यो विवाद सार्वजनिक भएसँगै स्मिथ र वार्नरलाई कप्तान र उपकप्तानबाट हटाइएको छ । साथै तीनै जनाले अष्ट्रेलियाले टुरबाट फिर्ता बोलाएको छ ।