अफगानिस्तानमा बम विस्फोट , नौ पत्रकारसहित २६ जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएका दुई बम आक्रमणमा परी नौ पत्रकारसहित २६ जनाको मृत्यु भएको छ। तिनमध्ये समाचार संस्था एएफपीका काबुलस्थित प्रमुख फोटोग्राफर शाह माराई पनि रहेका छन्।
पहिलो विस्फोट मोटरसाइकलमा आएका एक जना आक्रमणकारीले गराएका थिए।
पहिलो घटना भएको स्थानमा जम्मा भएका सञ्चारकर्मी र अरू सर्वसाधारणको भिडमा १५ मिनेट जतिपछि दोस्रो विस्फोट भएको थियो।