नेपालका १० चर्चित डिभोर्सी नायिकाहरु

maitrinews

काठमाडौँ । बलिउड र हलिउडमा जस्तै नेपालमा पनि यस्ता थुप्रै नायिकाहरु छन् जसको डिभोर्स भएर पनि चलचित्रमा सक्रिय छन् । बिहे गरेर पछि सम्बन्ध विच्छेद गरेका नायिकाहरू नयाँ नायिकाहरूका लागि चुनौती बनेका छन् ।

यस्ता नायिकामा रेखा थापा, प्रियंका कार्की, सञ्चिता लुइँटेल, रञ्जना शर्मा, मनिषा कोइराला, पूजा चन्द, गौरी मल्ल, सौजन्य सुब्बा, छुल्ठिम गुरुङ, सुस्मिता केसी,लगायत छन् । उनीहरू लामो समय घरजम गरेर पछि एक्लै बस्दै आएका छन् भने कोही पुनः विवाह बन्धनमा बाँधिएका छन् ।

१ प्रियंका कार्की

पूर्वमिस टिन प्रियंका कार्की अहिलेकी नम्बर १ नेपाली नायिका हुन् । यो अवस्थामा आइपुग्न प्रियंकाले निकै मेहनत गरेकी छन् । उनी पनि डिभोर्सी नायिका हुन् । श्रीमान्सँग सम्बन्ध बिच्छेद गरेर पनि अन्य नायिकाभन्दा बढी हिट हुनु प्रियंकाको खुबी नै हो । पछिल्लो समय उनले खेलेका अधिकांश चलचित्र हिट भएका छन् । नेपाली चलचित्रमा आउनुअघि प्रियंका रोचक मैनालीसँग बिहे गरेर अमेरिका गएकी थिइन् । तीन–चार वर्ष अमेरिका बसेपछि उनको श्रीमान्सँग सम्बन्ध बिग्रियो । त्यसपछि उनी औपचारिक रूपमा सम्बन्ध बिच्छेद गरेर नेपाल आएकी छन् । हाल उनी आमा र भाइसँग बस्दै आएकी छन् । सुरुमा मोडलिङ, म्युजिक भिडियो हुँदै चलचित्र खेल्न थालेकी प्रियंका विवादमुक्त नायिका भने होइनन् । धेरैले प्रियंका र दयाहाङलाई प्रेमी–प्रेमिका हो कि भनेर टिप्पणीसमेत गर्छन् ।

२ रेखा थापा

विगत डेढ दशकदेखि रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी छन् । हिरो चलचित्रबाट रजतपट प्रवेश गरेकी रेखा निर्माता हुँदै निर्देशकसमेत बनेकी छन् । हिरो चलचित्रका निर्मातामध्येका छविराज ओझासँग करिब १० वर्ष सँगै बसेकी रेखा अहिले एक्लै बस्दै आएकी छन् । धेरैले रेखा र छविबीच विवाह भएको बताउने गरे पनि दुवै लिभिङ टुगेदरमा रहेका थिए । सँगै बसेकाले उनीहरू कानुनी प्रक्रिया पूरा गरेर अलग भएका हुन् । छविसँगै बसेका बेला रेखाले आफ्नो नाममा चलचित्र ब्यानर खोलेर थुप्र्र्रै चलचित्र बनाइन् । हिम्मतवाली चलचित्रको त उनी निर्देशकसमेत भइन् । रेखा फिल्मस् ब्यानरमा छविको पनि लगानी भएकाले दुवैले कानुनी रूपमा सम्बन्ध बिच्छेद गरेको बताएका हुन् ।रेखा संगको सम्बन्ध बिछेद पछि छवि सिल्पा पोखरेलसंग नजिक छन् । रेखा पछिल्लो समय राजनितिमा सक्रिय छिन् ।

३ सञ्चिता लुइँटेल

चलचित्र क्षेत्रमा प्रवेश गरेलगत्तै आकाश शाहसँग बिहे गरेकी सञ्चिता लुइँटेल हाल नायक निखिल उप्रेतीकी श्रीमती हुन् । सञ्चिता केही समय आकाशसँग बसेर पछि छुट्टिएकी हुन् । निखिलबाट उनले दुई सन्तानलाई जन्म दिएकी छन् । सन्तान हुर्केपछि सञ्चिता पुनः अभिनयमा फर्किएकी छन् । उनले खेलेको पछिल्लो चलचित्र राधाले व्यापारिक सफलता हात पारेको छ ।

४ मनिषा कोइराला

नेपाली चलचित्र फेरि भेटौंला खेलेर मुम्बई गएकी मनिषा कोइरालाले सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर उनको विवाह लामो समयसम्म टिक्न सकेन । बिहे गरेको एक वर्षभित्रै मनिषा र सम्राटको सम्बन्धमा दरार पैदा भयो । दुईबीच औपचारिक रूपमै सम्बन्ध बिच्छेद हुन पुग्यो । त्यसपछि मनिषा पुनः मुम्बई फर्किन् । बलिउड फिल्मसँगै मनिषाले नेपाली चलचित्र धर्मा पनि खेलिन् । राजेश हमालसँग जोडी बनाएकी मनिषा त्यसपछि गम्भीर विरामी परिन् । पाठेघरको क्यान्सर उपचार गराएर फर्किएकी मनिषा पुनः बलिउडमा फिल्म खेल्न लागेकी छन् ।

५ गौरी मल्ल

प्रकाश थापाले निर्देशन गरेको सन्तानबाट चलचित्र खेल्न सुरु गरेकी गौरी मल्लले कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरिन् । रूपभन्दा पनि अभिनय क्षमताका कारण गौरी चर्चित थिइन् । उनले अभिनय गरेका प्रायः चलचित्रले सफलता पाएका छन् । चलचित्र खेल्दाखेल्दै उनी प्रज्ज्वल भण्डारीसँग विवाह बन्धनमा बाँधिन पुगिन् । बिहे गरेपछि उनी केही समय जापान बसिन् । तर, प्रज्ज्वलसँग उनको सम्बन्ध धेरै समय टिक्न सकेन । उनीहरूबीच सम्बन्ध बिच्छेद हुन पुग्यो । गौरी अहिले एक्लै बस्दै आएकी छन् ।

६ पुजा चन्द

हाल अमेरिकामा रहेकी पूजा चन्द पनि डिभोर्सी नायिका हुन् । थानकोट घर भएकी राधिका परियार, सुरज चन्दसँग बिहे गरेपछि पूजा चन्द भएकी थिइन् । सुरजबाट पूजाले एक छोरी पनि जन्माएकी छन् । तर, केही समयपछि सुरज र पूजाको सम्बन्ध बिग्रिन पुग्यो । पूजा छोरी लिएर अमेरिका लागिन् । सुरजले मोडल रिया कार्कीलाई बिहे गरे । पूजाले पनि अमेरिकामा नेपाली गायक प्रकाश लामासँग बिहे गरेकी छन् । सुरज र पूजाबीच राजीखुसीमै सम्बन्ध बिच्छेद भएको थियो ।

७ छुल्ठिम गुरुङ

डायरी चलचित्रकी निर्माता एवं नायिका छुल्ठिम गुरुङ हाल एक्लै बस्दै आएकी छन् । नोभेम्बर रेनबाट चर्चामा आएकी छुल्ठिम गायक धिरज राईकी पूर्वपत्नी हुन् । बिहे गरेको दुई वर्ष नबित्दै उनले धिरजलाई छाडिदिइन् । धिरजले त्यसपछि अर्कै युवती बिहे गरेर बसेका छन् । छुल्ठिम अहिले डायरी चलचित्र प्रदर्शनको तयारीमा छिन् । सो चलचित्र उनैले निर्माण गरेकी हुन् ।

८ रञ्जना शर्मा

जानकी टेलिफिल्म खेल्दाखेल्दै निर्देशक श्याम भट्टराईसँग बिहे गरेर पछि चलचित्रकी नायिका पनि बन्न सफल रञ्जना शर्मा हाल अमेरिका छिन् । अमेरिका पुगेपछि उनले उतैबाट श्यामलाई डिभोर्स पेपर पठाएकी थिएन् । संयोगले श्याम पनि अहिले अमेरिकामै बस्छन् । तैपनि दुई बीच सम्बन्ध जोडिन सकेको छैन ।

९ सुस्मिता केसी

नेपाली चलचित्र क्षेत्रमा अर्को चलेको जोडी हो भुवन केसी र सुस्मिता केसी । सुस्मिता भुवनकी दोस्रो पत्नी हुन । दुई जोडी मिलेर ‘नेपाली बाबु’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’ जस्ता चलचित्र निर्माण गरेका छन् । सुस्मिता चर्चित नायक अनमोल केसीकी आमा हुन । अहिले भुवन र सुस्मिता बिच राम्रो सम्बन्ध छैन । उनिहरु औपचारीक रुपमा छुटिसकेका छन् । यता सुस्मिताले अनमोलको नामबाट प्रोडक्सन हाउस समेत खोलिसकेकी छिन् । यसै बर्ष अनमोल क्रियसनबाट ‘म त तिम्रै हु’चलचित्र प्रदर्शनमा आइसकेको छ । अनमोल आफ्ना बुबा भुवन केसी संग पनि निकट छिन् ।

१० सौजन्य सुब्बा

कुनै समयको चर्चित नाम हो सौजन्य सुब्बा । टेलि सिरियल देखि चलचित्र सम्म