सुनको मूल्य आजपनि बढ्याे, चाँदी पनि महङ्गियाे

काठमाडौँ, ५ साउन । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्ने क्रम मंगलबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु एक हजार र चाँदीको मूल्य प्रतितोला रु ५० ले बढेको हाे।

महासङ्घका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ८५ हजार ६०० निर्धारण गरिएको छ। यसअघि सोमबार सुन प्रतितोला रु दुई लाख ८४ हजार ६०० मा कारोबार भएको थियो। नेपाली बजारमा पछिल्लो तीन दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला रु चार हजार ३७० पुगेको छ। सोमबार चाँदी प्रतितोला रु चार हजार ३२० मा खरिदबिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भइरहेको महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *