जेनजी आगजनीले काठमाडौँ जिल्ला अदालतमा २६ हजारभन्दा बढी मुद्दा फैसला हुन बाँकी

काठमाडौँ, ५ साउन । जिल्ला अदालत काठमाडौँमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका मुद्दामध्ये २६ हजार ४४५ थान मुद्दा फैसला हुन बाँकी रहेका छन्। गत भदाै २३ र २४ गते भएकाे ‘जेनजी आन्दोलन’ र आगजनीका कारण यस आर्थिक वर्षमा कुल दर्ता भएका ४६ हजार २७७ थान मुद्दामध्ये १९ हजार ८३२ थान मुद्दा मात्र फर्स्योट भएका थियाे ।

जिल्ला अदालत काठमाडौँका प्रमुख न्यायाधीश चुडामणि खड्काका अनुसार गत भदौ २४ गतेको आन्दोलनका क्रममा अदालतका मिसिलहरूमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला प्रक्रियामा ढिलाइ भएको हो।

आन्दोलनका क्रममा दुई हजार २३० थान मुद्दाका मिसिल जलेर नष्ट भएका थिए। तीमध्ये १९० थान मुद्दाका मिसिल अझै फेला पर्न बाँकी रहेको अदालतले जनाएको छ। मिसिलहरू नष्ट भएपछि प्रभावित बनेको अदालतको कामकारबाही गत मङ्सिर १४ गतेदेखि मात्र नियमित सुनुवाइ प्रक्रियामा फर्किएको थियो।

अदालतले क्षतिग्रस्त मिसिलहरूको पुनः अभिलेखीकरण गर्दै मुद्दा फर्स्योटको कार्यलाई अघि बढाइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *