विश्वकप फुटबलको महाकुम्भ ३१ गतेबाट समाप्त उपाधि कस्को पोल्टामा ?

 

मस्को । छिमेकी देश बेल्जियमलाई विश्वकप फुटबलको सेमिफाइनलमा पराजित गर्दै फ्रान्स रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

फ्रान्सको जितमा रक्षापङ्क्तिका खेलाडी सामुएल उमटिटी नायक रहे।

उनले दोस्रो हाफमा ग्रिजमेनले कर्नरमार्फत दिएको बललाई टाउकोले उत्कृष्ट गोलमा परिणत गरेका थिए।

खेल अवधिभर रक्षात्मक देखिएको फ्रान्स अन्ततस् तेश्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। सन् १९९८ मा ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्स सन् २००६ मा इट्लीसँग पेनाल्टीमा हारेको थियो।

 रसियामा जारी २१ औ संस्करणको विश्वकप फुटबलमा मंगलबारबाट सेमिफाइनलका खेल शुरु भएका छन् । मंगलबार राती पौने १२ बजेबाट शुरु पहिलो खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फाइन खेल पक्का गरेको छ । आज राती पौने १२ बजे नै इङ्ल्याण्ड र क्रोसियाबीचको सेमिफाइन हुँदैछ । यो खेलमा जसले जित्छ । जित्ने मध्येबाटै फाइनमा फ्रान्ससँग प्रतिस्पर्धा हुनेछ । विश्वले नै धेरै अपेक्षा गरेका ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, जर्मनी, स्पेनजस्ता देशहरु यो सेमीफाइनल र फाइन खेलमा देख्न पाइने छैन । त्यति मात्र होइन विश्वले नै रुचाइएका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेयमार जुनियरजस्ता चर्चित खेलाडी पनि अबको खेलमा देख्न पाइने छैन ।
फुटबलमा पण्डितहरुले पनि अहिले रुसमा जारी सेमीफाइनलका खेल शुरु हुँदैगर्दा युरोपको आदिपत्यता रहेको बताउँदै आएका छन् । २० औं संस्करणसम्म दक्षिण अमेरिका लगायतका देशहरुले विश्वकपको उपाधीमा आफ्नो कब्जा जमाउँदै आएका थिए । तर, यो २१ ऋौं संस्करणमा भने ति राष्ट्रहरु निरीह बनेका छन् । २२ औं विश्वकप एसियामा नै हुने तय भएको छ । यो अवस्थामा २१ औ संस्करणको खेलमा एसियाली केही मुलुकहरुले २२ औं विश्वकपको उपाधी कब्जा गर्नसक्छौं भन्ने हैसियत देखाएका छन् । जापान, दक्षिण कोरिया, साउदी अरेवियाजस्ता मुलुकको खेल निक्कै आकर्षक र दबाबपूर्ण थियो ।
नेपालमा लामोसमय खेल क्षेत्रमै बिताएका खेलाडी तथा खेलविज्ञले पनि रसियामा जारी विश्वकपबारेमा निक्कै रोमाञ्चक खालका टिप्पणी गरेका छन् ।
नेपाली फुटबल टोलीका पूर्वकप्तान हरि खड्का विश्वकप फुटबलको २१ औ संस्करणमा दक्षिण अमेरिका युरोपबाट ‘डोमिनेट भएको तर्क गर्नुहुन्छ । विगतका फुटबलहरु फिजिकल्ली हुने गरेको भन्दै पूर्वकप्तान खड्काले अहिलेको खेलमा नयाँ प्रविधि मिसिएकाले विश्वकप फुटबलको समीक्षा पनि फेरिएको बताउनुहुन्छ । खड्काले नयाँ प्रविधिसँगै खेलमा पनि नयाँ पन आएको बताउनुभयो । कुनै समय विश्व फुटबललाई नै आफ्नो हातमा लिन सफल मेस्सी, रोनाल्डो, नेयमारजस्ता खेलाडी सेमीफाइनल आइ नपुगेको भन्दै उहाँले यसपटकको विश्वकप फ्रान्सको पोल्टामा जानसक्ने आँकलन गर्नुभयो ।
खड्कामात्र होइन लामो समयदेखि खेलकुद बिटमै कलम चलाउँदै आउनुभएका खेलकुद विज्ञ सञ्जीव शिल्पकार पनि रसियामा जारी विश्वकपका बारेमा निक्कै रोमाञ्चक खालको समीक्षा गर्नुहुन्छ । उहाँ २१ औं संस्करणले विश्वकपमा एसिया पनि बलियो प्रतिस्पर्धी हो भन्ने सन्देश दिएको बताउनुहुन्छ ।
रञ्जितकार विश्वकपमा चर्चित टीमहरु बाहिरिनु र चर्चा बाहिर रहेका टीमहरु सेमिफाइनलसम्म आउनु राम्रो भएको प्रतिक्रिया दिनुहन्छ । समूह चरण र क्वाटरफाइनलपछि खेलको शैली नै फरक भएको भन्दै उहाँ अहिले प्रतियोगितामा सहभागी टोली गोल गर्नका साथै गोल रक्षाका लागि बढी केन्द्रित रहेको बताउनुहुन्छ ।
उहाँ सेमिफाइनलको समीकरणले अहिलेको अवस्थामा विश्वफूटबलको शक्तिकेन्द्र यूरोप हो भन्ने देखाएको दाबी गर्नुहुन्छ । एक महिनासम्म चल्ने विश्वकपको फाइनल खेल असार ३१ गते सम्पन्न हुँदैछ । आज हुने खेलबाट जित्ने टीमले फ्रान्ससँग उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्नेछ । १९३० बाट शुरु भएको विश्वकपको २१ औ संस्करणको उपाधी कुन राष्ट्रले जित्ने हुन यसका लागि भने केही दिन प्रतिक्षा गर्नुपर्ने छ ।