चीनको केमिकल प्लान्टमा बिस्फोटः २२ को मृत्यु, ५० ट्रक जले

Maitrinews

 

चीन । उत्तरी चीनको एक केमिकल कम्पनीमा बिस्फोट हुँदा कम्तीमा २२ को मृत्यु भएको छ भने २२ घाइते भएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
ग्लोबल टाइम्सका अनुसार बिस्फोट राजधानी बेइजिङबाट दुई सय किलोमिटर टाढा झांगजियाकोउस्थित हिबेई शेंगुआ केमिकल कम्पनीमा भएको हो ।
घटनामा ५० वटा साना–ठूला ट्रक पनि जलेको बताइएको छ । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।