अमेरिकाको ईलिनोईज राज्यमा शक्तिशाली आँधी, तीन दर्जन बढी घाइते

Mohan Bastola

अमेरिका । गत डिसेम्बर १ तारिकमा पटक–पटक आएको आँधीका कारण इलिनोइज राज्यमा तीन दर्जन बढी मानिस घाइते भएका छन् । मध्य इलिनोइजलाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशालीआँधी सँगसँगै अन्य २२ वटा ठूला आँधीसमेत आएको नेश्नल वेदर सर्भिसले जनाएको छ ।

आँधीका कारण जनजीवन प्रभावित हुनुका साथै थुप्रै घरहरु काठको गोदाम जस्तो हुन पुगेका छन् । दर्जनौँ व्यक्तिहरु प्रभावित भएको क्रिस्टन काउन्टीमा मात्र १५ वटा घरमा क्षतिीपुगेको छ । घाइतेहरुको अहिले अस्पातलमा उपचार भैरहेको छ ।

इलिनोइज र मिजौरी राज्यमा रहेका दुबै वेदर सर्भिस कार्यालयले थप आँधी आउने र नआउने बिषयमा संयुक्त रुपमा सर्भेक्षण गर्ने जनाएको छ ।