इथियोपियन एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटना , १५७ जनाको मृत्यु

maitrinews

 

इथियोपिया । इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेकोमा सबैको मृत्यु िभएको छ ।

उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका छन्।

एयरलाइन्सका अनुसार विमानमा विभिन्न ३३ मुलुकका यात्री थिए।